5 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) दशौं राउन्ड अन्तर्गत अन्तिम दिन एक खेल हुँदैछ । दिनको एकमात्र खेलमा न्युरोड टिम (एनआरटी) र एनआइविइल फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो ३ बजे हुनेछ ।
एनआरटी र फ्रेन्ड्स जित निकाल्दै शीर्ष ६ भित्रको लक्ष्यमा हुनेछ । एनआरटी छैटौ जित तथा फ्रेन्ड्स चौथो जितको खोजीमा हुनेछ । पछिल्लो खेलमा च्यासललाई १–० ले पराजित गरेको फ्रेन्ड्स उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । सुरुवाती चरणमा कमजोर शुरुवात गरेको फ्रेन्ड्सले पछिल्लो खेलमा लगातार उच्च प्रदर्शन गर्दै आइरहेको छ ।
चार ब्राजिलियन (तीन खेलाडी र एक प्रशिक्षक) को साथ पाएको फ्रेन्ड्सले मनाङलाई बराबरीमा रोक्दा थ्री स्टारलाई १–० ले स्तब्ध पारेको थियो । भारतीय खेलाडी उत्तम राईले लगातर निर्णायक भूमिका खेल्दै आएका छन् । फ्रेन्ड्स एनआरटीलाई हराउँदै नवौं स्थानमा उक्नल चाहन्छ । फ्रेन्ड्स ११ अंकसहित तालिकाको १०औं स्थानमा छ ।
यता, एनआरटी पनि फ्रेन्ड्सलाई पराजित गर्दै टप सिक्सको यात्रालाई मजबुत बनाउन चहान्छ । पहिलो रोजाईका फरवार्ड राजेश परियारसहित सरोज तामाङ, प्रकाश बुढाथोकी लगायतको चोटले एनआरटिलाई समस्या भने परेको छ । एनआरटी १५ अंकसहितसातौं स्थानमा छ । जितले एनआरटी शीर्ष चारमा पुग्नेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]