default_image

5 years ago

February 4, 2020

आयोजक बागलुङलाई मेयर कप फुटबल उपाधि

96 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

आयोजक बागलुङले दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ५–२ ले पराजित गर्दै बागलुङ च्याम्पियन बनेको हो ।

बागलुङका लागि उत्तम गुरुङले २ ,कप्तान प्रमेश थापा, ध्रुब घिमिरे र गोविन थापा समान १ गोल गरे । चौदण्डीगढीका लागि दुवै गोल कप्तान शरद राईले गरे ।

सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको बागलुङले दोस्रो मिनेटमा कप्तान प्रमेश थापाको गोलबाट अग्रता लिएको थियो । चौदण्डीगढीका डिफेन्डरले पेनाल्टी बक्समा बल क्लियर गर्न नसकेपछि प्राप्त बलमा प्रमेशले गोल गरेका थिए ।

बागलुङको लागि दोस्रो गोल २१ औं मिनेटमा ध्रुबले गरे । पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बलले गोलमा परिणत भएको थियो । खेलको २५ औं मिनेटमा चौदण्डीगढीको लागि कप्तानले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए ।

गोलकिपर किपर विट भएको अवस्थामा बागलुङका जिवन गुरुङले गोललाइनमा बल ह्यान्ड गरेपछि चौदण्डीगढीले पेनाल्टी पाएको थियो । ३४ औं मिनेटमाले फ्रिकिमका गोल गरेपछि बागलुङ ३–१ ले अगाडि लाग्यो ।

दोस्रो हाफमा पनि आफ्नो आक्रमक रणनीतिलाई जारी राखेको बागलुङले ४९ औं मिनेटमा गोविनले गोल गरे । खेलको ७५ औं मिनेटमा बागलुङका डिफेन्डर निशान थापाले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा चौदण्डीगढीका कप्तान शरदले गोल गरेपछि ४–२ को अवस्थामा पुग्यो । ७७ औं मिनेटमा बागलुङका उत्तमले अर्को गोल गर्दै टोलीको जित पक्का गरे ।

उपाधिसहित बागलुङले ३ लाख र चौदण्डीगढीले २ लाख रुपैयाँ प्राप्त गरे । सेमिफाइनल पुग्ने भीमाद नगरपालिका तनहुँ र बेनी नगरपालिका म्याग्दीले समान ६० हजार रुपैयाँ प्राप्त गरे । बागलुङका उपकप्तान तथा डिफेन्डर निशान थापा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

उच्च गोलकर्ता र उत्कृष्ट फरवार्ड बागलुङका ध्रुव घिमिरे, उत्कृष्ट गोलकिपर बागलुङका सौगात खड्का, उत्कृष्ट डिफेन्डर जीवन गुरुङ र उत्कृष्ट मिडफिल्डर उत्तम गुरुङ घोषित भए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे।

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा भएको उक्त प्रतियोगितामा ९वटा नगरपालिका प्रतिस्पर्धा गरेका थिए । नाम दर्ता गराएपनि दाङको तुलसीपुर उपमहानगरपालिका सहभागी भएन ।

नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । नगरपालिकाले शहिद दिवसको अवसरमा नगरपालिकाहरुबीच आत्मिय भावना बनाउन र खेलकुदको विकासको लागि प्रतियोगिता सुरु गरेको जनाएको थियो । पहिलो प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले उपाधि जितेको थियो ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.