default_image

5 years ago

February 4, 2020

भरतपुर गोल्डकप फागुन २४ देखि

107 views

0 Bookmark

विनोदबाबु रिजाल ,चितवन

गतवर्षको पुरस्कार राशीमा ४ लाख रुपैयाँ वृद्धि गरेर दोस्रो भरतपुर गोल्डकप आयोजना गरिँदैछ । गतवर्ष विजेतालाई ६ लाख रुपैयाँ पुरस्कार दिइएकोमा यसवर्ष भने १० लाख रुपैयाँ पु¥याइएको छ ।

ए.जे. इन्टरनेशनलले गोल्डकपको आयोजना गर्न लागेको हो । उपविजेता टोलीले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यो गतवर्षको भन्दा २ लाख रुपैयाँ बढी हो । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै ए.जे. इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवं गोल्डकपका संयोजक आलोकप्रताप राणाले आगामी फागुन २४ देखि चैत ३ गतेसम्म प्रतियोगिता गर्न लागिएको बताए ।

पहिलो गोल्डकपमा विजेताले नगद ६ लाख रुपैयाँ पुरस्कार पाएका थिए । दोस्रो पुरस्कार राशी ३ लाखबाट बढाएर ५ लाख पु¥याइएको छ । गोल्डकपको विजेताले पाउने पुरस्कार राशी मोफसलकै ठूलोमध्येमा पर्ने आयोजकको दावी छ । ‘खेलकुदबाटै चितवनलाई चिनाउन चाहन्छौ”, संयोजक राणाले भने, ‘ए डिभिजनका टोलीहरु उतारेर गोल्डकप गरिनेछ ।’

उनका अनुसार ६ वटा ए डिभिजन क्लबसहित ४ वटा जिल्ला क्लब गरी कूल १० टिम सहभागी हुनेछन् । तर, सहभागीको अन्तिम टुंगो भने लाग्न बाँकी छ । अहिले ए डिभिजन लीग जारी रहेकाले क्लबको टुंगो लाग्न समय लाग्ने संयोजक राणाले बताए । विभागीय
त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, संकटा क्लबलगायत टिम सहभागी हुन सक्ने सम्भावना छ ।

फागुनको पहिलो साता ए डिभिजन लीग सकिँदै छ । गोल्डकपको प्रत्येक दिन म्यान अफ दी म्याच हुने खेलाडीले नगद २० हजार, विधागत उत्कृष्ट खेलाडीलाई २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । क्याम्पाचौरमा हुने गोल्डकप हेर्नका लागि २ सय जना भीआईपी प्याराफिट र ३ हजार जना सर्वसाधारण अट्ने प्याराफिट निर्माण गरिने चितवन फूटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.