default_image

4 years ago

February 7, 2020

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमै पराजित

एजेन्सी – क्याटलान क्लब बार्सिलोना कोपा डेल रे अन्तर्गत बिहीबार भएको क्वाटरफाइनल खेलमा एथ्लेटिक बिल्बाओसँग १-० ले पराजित भएको छ । बिल्बाओका लागि दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा इनाकी विलियम्सले गरेको गोल नै निर्णायक सावित भयो । बार्सिलोनाले खेलको सुरुवातदेखि नै घरेलु टोली बिल्बाओमाथि दबाब कायम गरेपनि गोल गर्न सकेको थिएन । कप्तान लिओनेल […]

54 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना कोपा डेल रे अन्तर्गत बिहीबार भएको क्वाटरफाइनल खेलमा एथ्लेटिक बिल्बाओसँग १-० ले पराजित भएको छ ।

बिल्बाओका लागि दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा इनाकी विलियम्सले गरेको गोल नै निर्णायक सावित भयो । बार्सिलोनाले खेलको सुरुवातदेखि नै घरेलु टोली बिल्बाओमाथि दबाब कायम गरेपनि गोल गर्न सकेको थिएन । कप्तान लिओनेल मेस्सी र अन्सु फातीको जोडीले सुरुवाती ३० मिनेटमा केहि अवसर सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा नै बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले गल्ति गर्दा बिल्बाओका ड्यानी गार्सियाले त्यसको फाइदा उठाउन चुकेका थिए । दोस्रो हाफमा बार्सिलोनाले खेलाडी परिवर्तन गर्दै केहि आक्रमक रणनीति बुनेको थियो । वैकल्पिक खेलाडी एन्टोइन ग्रिज्मनले सर्जी रोबर्टोको पासमा गरेको प्रयासलाई घरेलु टोलीका गोलरक्षक उनाइ सिमोनले उत्कृष्ट बचाउ गरे ।

खेलको अन्तिम समयतिर मेस्सीले आर्थरको पासमा गरेको प्रहारलाई गोलरक्षक सिमोनले बचाउँदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो । तुलनात्मक रुपमा कम अवसर सिर्जना गरेको बिल्बाओले इन्ज्युरी समयमा अग्रता लिँदै खेल आफ्नो पक्षमा पार्यो । इबाई गोमेजको क्रसमा विलियम्सको हेडरले टेर स्टेगनलाई बिट गरेपछि बार्सिलोनाको यात्रामा पूर्णविराम लागेको थियो ।

यो पनि : रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरियो

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.