default_image

4 years ago

February 7, 2020

कोपा डेल रे : ठूला टोली पुगेनन् सेमिफाइनल

एजेन्सी – उपाधिका दावेदार रियल म्याड्रिड र बार्सिलोना बिहीबार कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल चरणको खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । रियल म्याड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग ४-३ ले पराजित हुँदा बार्सिलोनाले एथ्लेटिक बिल्बाओको मैदानमा १-० को हार बेहोर्यो । पछिल्लो दशकमा बार्सिलोना र रियल दुवै अन्तिम चारमा प्रवेश गर्न नसकेको यो पहिलो अवसर […]

84 views

0 Bookmark

एजेन्सी – उपाधिका दावेदार रियल म्याड्रिड र बार्सिलोना बिहीबार कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल चरणको खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

रियल म्याड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग ४-३ ले पराजित हुँदा बार्सिलोनाले एथ्लेटिक बिल्बाओको मैदानमा १-० को हार बेहोर्यो । पछिल्लो दशकमा बार्सिलोना र रियल दुवै अन्तिम चारमा प्रवेश गर्न नसकेको यो पहिलो अवसर हो । पछिल्लो दशकमा रियल र बार्सिलोनामा कम्तिमा एक टोली फाइनल पुगेका थिए ।

सन् २००९-१० सिजनमा सेभिल्लाले उपाधि जित्दा यी दुवै फाइनलमा थिएनन् । बार्सिलोना बिल्बाओसँग पराजित भएपछि लगातार ६ सिजन फाइनल पुगेको सिलसिलामा पनि पूर्णविराम लागेको छ । यता घरेलु मैदानमा २१ खेलपछि पराजित रियल पनि लगातार ६ सिजनपछि सेमिफाइनल पुग्नबाट चुक्यो ।

बिल्बाओ कोपा डेल रे मा दोस्रो सफल टोली हो । बिल्बाओले हालसम्म २३ पटक उपाधि जितेको छ । उपाधि दावेदारको रुपमा रहेको बिल्बाओले अब ग्रानडा, सोसिडाड र दोस्रो श्रेणीको क्लब मिरान्डेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोसिडाडले रियल म्याड्रिडको लगातार ८ खेलको जितको सिलसिलालाई अन्त्य गर्यो । अक्टोबर २०१९ यता रियल म्याड्रिडले पहिलो हार पनि बेहोर्यो ।

सन् २०१४ यता रियल म्याड्रिडले यस उपाधि जित्न सकेको छैन । पछिल्लो पटक सोसिडाडले सन् २०१४ मा सेमिफाइनल यात्रा तय गरेको थियो । सोसिडाड सन् १९८७ पछि पहिलो र समग्रमा तेस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

ग्रानडाले पछिल्लो सिजन उपाधि जितेको भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । मिरान्डेसले भने ला लिगाकै भिल्लारियललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । मिरान्डेस अन्तिम चारमा पुग्ने एक मात्र तल्लो श्रेणीको टोली हो । सेमिफाइनलको लागि ड्र शुक्रबार तय हुनेछ । सेमिफाइनल खेल होम र अवे लेगमा खेलिनेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.