default_image

5 years ago

February 13, 2020

दशरथ रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय प्रतियोगिता सर्ने !

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गर्ने भनेको नेपालसहित ४ राष्ट्रका फुटबल टोली सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पूर्व निधारित समयमा नहुने भएको छ ।

कोरोना भाइरसको संक्रमणका एसियामा फैलदै जान थालेकाकारण पूर्व निर्धारित समयमा आउन सहभागी राष्ट्रका टोलीले आनाकानी गरेपछि प्रतियोगिता अर्को महिना मात्र आयोजना हुने सम्भावना बढेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले फागुन १५ गतेदेखि २४ गते सम्म आयोजना गर्ने भनेको प्रतियोगितामा नेपालसहित मोरिसस, अफगानिस्तान र पाकिस्तानले प्रतियोगितामा भाग लिने तय भएको थियो ।

तर, मोरिसस र अफगानिस्तानले कोरोना भाइरसको संक्रमणको हल्लाले केहि समयका लागि प्रतियोगिता सार्न आग्रह गरे बमोजिम त्यहि अनुसार गर्ने तयारी भएको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बताए । ‘उहाँहरुको चासोलाई हामीले नदरअन्जान गर्ने अवस्था छैन, ‘उनले भने, ‘अर्को महिना सम्म सर्न सक्ने सम्भावना छ । मिति केहि दिनपछि तय हुनेछ ।’

दशरथ रंगशालामा हुने भनिएको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबलमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने र शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । प्रतियोगितामा राउन्ड रोविनका ६ र फाइनल गरि ७ खेल हुने श्रेष्ठले यसअघि नै बताइसकेका थिए ।

सहभागी हुने भनिएका ४ राष्ट्र मध्ये अफगानिस्तान फिफा वरियतामा सबैभन्दा माथि छ । फिफाको पछिल्लो वरियता अनुसार अफगानिस्तान १ सय ४९ औं, नेपाल १ सय ७० औं, अफ्रिकिन राष्ट्र मोरिसस १ सय ७२ औं र पाकिस्तान २ सय एकौं स्थानमा छ ।

मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्षेत्रीय टोलीको प्रतिस्पर्धा नेपाली दर्शकहरुले हेरिसकेकाले त्यो भन्दा पनि प्रतिस्पर्धात्मक प्रतियोगिता होस् भन्ने उद्देश्यका साथ यो प्रतिायेगिता आयोजना गरिएको श्रेष्ठले बताएका छन् । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको छ ।

एकेडेमीले गत वर्ष नै मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको घोषणा गरेपनि त्यतिबेला दशरथ रंगशाला तयार नभएका कारण योजना पछि सार्नुपरेको अध्यक्ष श्रेष्ठले बताएका थिए । एकेडेमीले दुई वर्षअघि बुटवलमा मदन भण्डारी गोल्डकप आयोजना गरेको थियो । त्यसपछि एकेडेमी अन्तर्गतकै क्रिकेट विभागले टियु मैदान परिसरमा क्रिकेट कार्निभल समेत आयोजना गरेको थियो ।

प्रतियोगितामा झन्डै २ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष श्रेष्ठले पुरस्कार राशी भने तय केहि समयमा तय गरिने बताएका छन् । ‘नगद पुरस्कार त हामी राख्छौं,’ उनले भने,‘ यसअघि घोषणा गरे अनुरुप नै हुन्छ वा थप घट केहि दिनमा तय हुनेछ ।’

गतवर्ष एकेडेमीले पत्रकार सम्मेलन गर्दा विजेताले २५ हजार अमेरिकी डलर, दोस्राले १० हजार डलर प्राप्त गर्ने घोषणा गरेको थियो । नेपालले मार्च अन्तिम सातामा दशरथ रंगशालामा विश्वकप छनोटका खेल आयोजना गर्नेछ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.