default_image

4 years ago

February 18, 2020

रेविकको निर्णायक गोलमा मिलान विजयी

एजेन्सी – क्रोएसियन विंगर एन्टी रेविकको एकमात्र निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित हात पारेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० ले पराजित गरेको हो । रेविककले २५औं मिनेटमा स्यामुइल क्यास्टिलेजोको पासमा गोल गर्न सफल भएका थिए । जर्मन क्लब फ्रन्कफर्टबाट लोनमा मिलान आएका उनले यहाँ उच्च […]

20 views

0 Bookmark

एजेन्सी – क्रोएसियन विंगर एन्टी रेविकको एकमात्र निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित हात पारेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० ले पराजित गरेको हो ।

रेविककले २५औं मिनेटमा स्यामुइल क्यास्टिलेजोको पासमा गोल गर्न सफल भएका थिए । जर्मन क्लब फ्रन्कफर्टबाट लोनमा मिलान आएका उनले यहाँ उच्च प्रदर्शन गरिरहेका छन् । उनले पछिल्लो ७ लिग खेलमा ६ गोल गरिसकेका छन् ।

घरेलु टोलीका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच गोल नजिक पुगेर चुक्दा मिलान अग्रता दोब्बर पार्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा रेविकले पहिलो हाफमा गरेको गोल नै मिलानको जितमा निर्णायक बन्यो ।

जितसँगै आठौं स्थानमा रहेको मिलानले टप सिक्समा रहेको हेलास भेरोनासँग अंक बराबरी गरेको छ । मिलानको २४ खेलबाट ३५ अंक छ । समान ३५ अंक रहेपनि हेलास भेरोना र पर्मा गोल अन्तरमा अघि रहेको हो । टोरिनो २७ अंक जोडेर १४औं स्थानमा छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.