काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा नवलपरासीमा जारी राइनो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अभिषेक चर्च राजहरलाई ५–२ लेह राउँदै इन्द्रेणी अन्तिम आठमा पुगेको हो । अब इन्द्रेणीले सेमिफाइनल प्रवेशका लागि ए डिभिजन टोली यति हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।
सरोज क्षेत्रीको गोलबाट अभिषेक चर्चले छैटौं मिनेटमा अग्रता लिएको थियो । १० औं मिनेटमा रोशन राना मगरले इन्द्रेणीका लागि बराबरी गोल फर्काए । रमेश मगरले २७ औं मिनेटमा गोल गर्दै इन्द्रेणी २–१ ले अगाडि लागेको थियो । इन्द्रेणीका लागि ३० औं मिनेटमा सुमित श्रेष्ठले गोल थपे ।
प्रतिस्पर्धात्मक खेलमा सरोज क्षेत्रीले अर्को गोल गरेपछि पहिलो हाफमा इन्द्रेणी ३–२ ले अगाडि रहेको थियो । दोस्रो हाफमा इन्द्रेणीले २ गोल थप्दै सहज जित हासिल गरेको थियो । ५३ औ मिनेटमा अनिष तामाङले गोल गरे । इन्जुरी समयमा सन्जय जलारीले गोल गर्दै अन्तरलाई बढाएका थिए ।
प्रतियोगितामा बुधबार झापा ११ र एफसी विजय युथ बीच प्रतिस्पर्धा हुने बताइएको छ । नवलपरासी मध्यविन्दु ४ को राइनो क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।