default_image

4 years ago

February 19, 2020

टोटेनहमका सनले सिजन गुमाउने

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले यो सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् । टोटेनहमका म्यानेजर जोसे मौरिन्होले चोटका कारण सनले सिजनको बाँकी सबै खेल गुमाउने भएको बताएका छन् । सनले इंग्लिस प्रिमियर लिग दौरान एस्टन भिल्लामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका […]

43 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले यो सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् । टोटेनहमका म्यानेजर जोसे मौरिन्होले चोटका कारण सनले सिजनको बाँकी सबै खेल गुमाउने भएको बताएका छन् ।

सनले इंग्लिस प्रिमियर लिग दौरान एस्टन भिल्लामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका थिए । दुवै गोल सनले नै गरेका थिए । उनले पहिलो हाफको र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै टोटेनहमलाई जिताएका थिए ।

चोट बोकेसँगै सनले यो सिजनको सम्भावित १३ खेल गुमाउने भएका छन् । सनको चोटसँगै टोटेनहमलाई फरवार्ड लाइनमा झनै समस्या बढेको छ । यसअघि नै ह्यारी केन चोट बोक्दै मैदान बाहिर छन् । उनी अप्रिलमा फर्कने सम्भावना छ ।

‘उनको दायाँ हात भाँचिएको छ । अब शल्यक्रिया गर्नुपर्ने हुनाले यो सिजन खेलमा फर्कने सम्भावना न्युन छ । मलाई आशा छ उनी छिट्टै मैदान फर्कनेछन्, ‘म्यानेजर मौरिन्होले आरबी लेइपजिगविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेग अघि भने, ‘मसँग अब स्ट्राइकर नै छैन । १८ वर्षीय ट्राय पारोट छन् । उनी पुरा तयार छैनन् । उनलाई मौका दिनुको विकल्प छैन । केही समय अघि मसँग बेन्चमा आक्रमण गर्ने विकल्प नहुदा चिन्तित थिए । अहिले म सँग पिचमा आक्रमण गर्ने विकल्प छैन ।’  टोटेनहमका मिडिया अफिसरले भने सिजनको अन्तिम खेलहरुमा फर्कन सक्ने बताएका छन् ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.