default_image

4 years ago

February 20, 2020

सिटीको सहज जित

एजेन्सी – केभिन डि ब्रुयनले एक गोल र एक असिस्ट दिएपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । सिटीले रेलिगेसन जोनमा रहेको वेस्टह्यामलाई २–० ले पराजित गरेको हो ।  घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति सिटीको सहज जितमा रोड्री र केभिन डि ब्रुयनले गोल गरे । दुई गोल पहिलो र […]

47 views

0 Bookmark

एजेन्सी – केभिन डि ब्रुयनले एक गोल र एक असिस्ट दिएपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । सिटीले रेलिगेसन जोनमा रहेको वेस्टह्यामलाई २–० ले पराजित गरेको हो । 

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति सिटीको सहज जितमा रोड्री र केभिन डि ब्रुयनले गोल गरे । दुई गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै वेस्ट ह्यामलाई दवावमा राखेको सिटीले खेलको ३०औं मिनेटमा अग्रता लिन सफल भएको थियो । केभिन डि ब्रुयनको पासमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

६२औं मिनेटमा बर्नाडो सिल्भाको पासमा अघिल्लो गोलमा अवसर सिर्जना गरेका केभिन डि ब्रुयनले गोल गर्दै सिटीको जित पक्का गरे । जितसँगै सिटीले लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी कम गर्दा तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी बढाएको छ । शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ । सिटीको ५४ अंक छ । लेस्टर ५० अंक जोडेर तेस्रो स्थानमा छ । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामको २४ अंक छ ।

आर्थिक नियमावली उल्लङ्घन गरेका कारण युरोपेली फुटबल महासंघको प्रतिबन्ध सुनाएपछिको पहिलो खेलमा सिटीले जित निकालेको हो । युरोपमा प्रतिबन्धसँगै सिटीले दुई वर्ष च्याम्पियन्स लिग लगायतका युरोपेली प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । सिटीले निर्णयविरुद्व कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गर्ने बताएको छ । वेस्ट ह्यामविरुद्ध खेलका दौरान सिटीका समर्थकले यूईएफएविरुद्ध नाराबाजी समेत गरेका थिए ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.