default_image

4 years ago

February 21, 2020

आर्सनल विजयी, युनाइटेड रोकियो

एजेन्सी – युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । आर्सनलले ग्रीसको ओलम्पियाकोसमाथि १–० को झिनो जित निकाल्दा युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । दुवै टोलीले गोलको केही अवसर गुमाउदा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित […]

51 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

आर्सनलले ग्रीसको ओलम्पियाकोसमाथि १–० को झिनो जित निकाल्दा युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । दुवै टोलीले गोलको केही अवसर गुमाउदा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा एलेक्सान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यही गोल नै निर्णायक बन्यो । उनले बुकायो साकाको पासमा गोल गरेका थिए । दोस्रो लेग आसर्नलको मैदमा २८ फेब्रुअरीमा हुनेछ ।

अर्काे खेलमा गोलरक्षक सर्जियो रोमेरोको ठुलो गल्तीमा म्यानचेस्टर युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको छ । क्लब ब्रुगका इमानुयल डेनिसले तथा युनाइटेडका एन्थोनी मार्सियालले गोल गरे ।

खेलको १५औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै क्लब ब्रुगलाई अग्रता दिलाएका थिए । गोलरक्षक सिमोन मिग्नोलेटको दिएको लामो पासमा युनाइटेडका गोलरक्षक सर्जियो रोमेरो पोजेसनमा नरहँदा इमानुयल डेनिसले गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा एन्थोनी मार्सियालले बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । दोस्रो लेग युनाइटेडको मैदानमा २८ फेब्रुअरीमा हुनेछ । युनाइटेडलाई यही बराबरीको नतिजा प्रि–क्वाटर फाइनल पुग्न पर्याप्त हुनेछ । क्लब ब्रुगलाई अर्काे चरण प्रवेश गर्न कम्तीमा पनि १–० को जित आवश्यक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.