default_image

4 years ago

February 24, 2020

गोर्खा ब्वाइज खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – रुपन्देहीको गोर्खा ब्वाइज क्लब सर्वाधिक पुरस्कार राशीको नेपाल आइस खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बुटवलको सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ ले हराउँदै गोर्खा ब्वाइज अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा खेलको निर्णय भएको थियो । गोलकिपर मनोज गुरुङले मोहन थापाको पेनाल्टी रोकेपछि […]

35 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – रुपन्देहीको गोर्खा ब्वाइज क्लब सर्वाधिक पुरस्कार राशीको नेपाल आइस खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बुटवलको सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ ले हराउँदै गोर्खा ब्वाइज अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा खेलको निर्णय भएको थियो । गोलकिपर मनोज गुरुङले मोहन थापाको पेनाल्टी रोकेपछि गोर्खा ब्वाइजको अघिल्लो चरणको यात्रा पक्का भएको थियो ।

धनगढी रंगशालामा पेनाल्टी सुटआउटमा गोर्खा ब्वाइजका लागि हरि कठायत, अनिष तामाङ, रन्दिप पौडे, निशान न्यौपाने र कप्तान उत्तम गुरुङले गोल गरे । सुनौलो संगमका रञ्जित थापा, अजित थापा र शंकर राई गोल गर्न सफल भए ।

मोहनको पेनाल्टी गोलकिपर मनोजले रोकेका कारण टोलीले पाँचौं पेनाल्टी हान्नै परेन । गोलकिपर मनोज खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । गोर्खा ब्वाइजले क्वार्टरफाइनलमा यति हिमालयन शेर्पाको सामना गर्नेछ ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगितामा मंगलबारबाट क्वार्टरफाइनल खेल सुरु हुनेछन् । नेपाल एपिएफ क्लब, भारतको कन्चनजंगा एफसी र नव जागृती क्लब यसअघि नै क्वार्टरफाइनल पुगिसकेको छन् ।

आयोजक टोली, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब र संकटा क्लबले सोझै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ र दोस्रो हुने टोलीले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.