default_image

4 years ago

February 26, 2020

नेपोलीको मैदानमा बार्सिलोना हारबाट जोगियो

एजेन्सी – दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नेपोलीको मैदानमा १-१ को बराबरीमा रोकिएको छ । नेपोलीले खेलको ३० औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमा अग्रता लिएको थियो । मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन् […]

39 views

0 Bookmark

एजेन्सी – दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नेपोलीको मैदानमा १-१ को बराबरीमा रोकिएको छ ।

नेपोलीले खेलको ३० औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमा अग्रता लिएको थियो । मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन् । बार्सिलोनाले खेलको ५७ औं मिनेटमा स्कोर बराबरीमा ल्यायो । नेल्सन सेमेडोको लो क्रसमा ग्रिजमनले पहिलो टचमा नै गोल गरेका थिए ।

खेलको ८९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो । मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड पाएका थिए । फाबियन रुइजलाई फल गर्नेबितिक्कै भिडालले रुइजको मुहारमा टाउकोले धकेलेपछि रेफ्रीले भिडाललाई २ पहेंलो कार्ड दिएका थिए ।

खेलको दोस्रो लेग १४ मार्चमा हुनेछ । उक्त खेलका लागि मिडफिल्डर सर्जियो बुस्केट्स उपलब्ध हुने छैनन् । उनले प्रतियोगिताको तेस्रो पहेंलो कार्ड पाएका कारण एक खेल गुमाउने भएका हुन् । खेलको अन्तिमतिर डिफेन्डर जेरार्ड पिके पनि घाइते भएपछि बार्सिलोना थप समस्यामा परेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.