default_image

6 years ago

February 26, 2020

राइनो कपको फाइनलमा आर्मी र पुलिस भिड्दै

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब नवलपुरमा जारी राइनो कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्दैछन् ।

यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि सेमिफाइनल पुगेको छ । पुलिसले बिहीबार फाइनल प्रवेशका लागि लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबको सामना गर्नेछ । आर्मी भने झापाको झिलझिलेमा आइतबार सम्पन्न सताक्षी गोल्डकपको सेमिफाइनलमा मछिन्द्रसँग नै पराजित भएको थियो । फाइनलनमा रुस्लान थ्री स्टार क्लबलाई हराउँदै मछिन्द्रले सताक्षी गोल्डकप जितेको थियो ।

नवलपुरको मध्यबिन्दु रंगशालामा दिउँसो २ः३० बजे दुई विभागिय टोलीबीच फाइनल हुने बताइएको छ । आर्मी स्टारहरु भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, गोलपिकर विकेश कुथु विना राइनो कप खेलिरहेको छ । पुलिसका पनि पहिलो रोजाईका खेलाडी बुढासुब्बा खेलिरहेका छन् ।

अर्को ए डिभिजन टोली यति हिमालयन शेर्पालाई ५–१ ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको थियो । पुलिसले भने मंगलबार मात्र साविक विजेता च्यासल युथ क्लबलाई २–० ले निराश पार्दै उपाधि नजिक पुगेको थियो । पुलिस सेमिफाइनल जितेको २४ घन्टा नबित्दै फाइनल खेल्ने तयारीमा रहेको छ । राइनो कपको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.