default_image

4 years ago

February 28, 2020

युभेन्टस र इन्टर मिलानको खेल समर्थकले हेर्न नपाउने

एजेन्सी – इटालियन सिरी ए का शीर्ष दुई टोली युभेन्टस र इन्टर मिलानबीचको खेल आइतबार हुँदैछ । तर उक्त बहुप्रतिक्षित खेलमा दुवै तर्फका दर्शकले मैदानमा गएर खेल हेर्न नपाउने भएका छन् । इटालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सिरी ए ले यस साता हुने पाँच खेलमा दर्शकलाई प्रवेश नदिई खेल संचालन गर्ने भएको हो । […]

33 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए का शीर्ष दुई टोली युभेन्टस र इन्टर मिलानबीचको खेल आइतबार हुँदैछ । तर उक्त बहुप्रतिक्षित खेलमा दुवै तर्फका दर्शकले मैदानमा गएर खेल हेर्न नपाउने भएका छन् ।

इटालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सिरी ए ले यस साता हुने पाँच खेलमा दर्शकलाई प्रवेश नदिई खेल संचालन गर्ने भएको हो । इटालीको उत्तरी भेगमा कोरोना देखिएपछि उच्च सतर्कता अपनाइएको छ । मिलान क्षेत्रमा कोरोनाको त्रास बढेपछि एसी मिलान र जेनोआको खेलमा पनि दर्शक हुने छैनन् ।

यस्तै उडीनेजे र फिओरेन्टिना, पार्मा विरुद्ध  एसपीएएल तथा सासुओलो विरुद्ध ब्रेसियाको खेल पनि खालि रंगशालामा खेलाइनेछ । गत साता कोरोनाकै कारण केहि खेल स्थगित गरिएकोमा अब खेल स्थगित गर्नुभन्दा समर्थकबिना खेल गराउनु उचित कदम रहेको लिगले जनाएको छ ।

इटालियन लिगमा इन्टर मिलन शीर्षस्थानमा रहेको युभेन्टसभन्दा ६ अंकले पछाडी छ । पछिल्लो केहि साता अनुकुल नतिजा नआउँदा इन्टर समस्यामा परेको हो । यदपि गत साताको खेल स्थगित भएकाले इन्टरले एक खेल कम खेलेको छ । यस खेलमा जित दर्ता गरेमा युभेन्टस ९ अंकले अगाडी बढ्नेछ र लिग उपाधि रक्षामा बलियो स्थानमा रहनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.