5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली फरवार्ड सावित्रा भण्डारीले राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङले खेल्ने भारतीय (आई) को आजको खेल हेर्ने भएकी छिन् ।
किरण पन्जाब एफसीबाट आई लिग खेल्दै आएका छन् । पन्जाबले इएमएस कर्पोरेसन रंगशालामा आज साँझ भारतीय समय अनुसार ७ः१५ बजे सावित्रा आबद्ध भएको गोकुलम केरला एफसीको पुरुष टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
सोही खेलका दौरान भारतीय महिला लिग (आईडब्लूएल) च्याम्पियनको ट्रफीसहित खेलाडीको र्याली गरिने भएकोले त्यसमा भाग लिन सावित्रा शुक्रबार भारत पुगेकी थिइन् ।
गोकुलम र पन्जाबको खेलको मध्यान्तरमा विजयोत्सव मनाउने क्रममा खेलाडीका साथमा ट्रफी प्रदर्शन गरिने बताइएको छ । गोकुलमलाई च्याम्पियन बनाउन सावित्राको भूमिका महत्वपूर्ण रहेको थियो । क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै सावित्रा सम्मिलित गोकुलम केरला एफसीले दुई साताअघि लिग उपाधि जितेको थियो ।
सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन बनेको थियो । २–२ को बराबरीको अवस्थाबाट सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन बनाएकी हुन् । लिग अवधिभर गोकुलमको सबै जितमा सावित्रा केन्द्रमा रहिन् ।
आइलिगमा किरण सम्मिलित पञ्जाब २१ अंकसहित दोस्रो स्थानमा छ भने सातौं स्थानमा रहेको गोकुलमको १७ अंक छ । शीर्ष स्थानमा रहेको मोहन बगानको ३२ अंक छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]