default_image

5 years ago

February 29, 2020

आइ लिगमा किरण सम्मिलित पन्जाबको अर्को बराबरी

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसी भारतीय (आई) लिगमा शनिबार बराबरी खेलेको छ । इएमएस कर्पोरेसन रंगशालामा भएको खेलमा पन्जाबले गोकुलम केरला एफसीसँग १–१ को बराबरी खेलेको थियो । किरणको टोलीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।

३४ औं मिनेटमा एसिर पेरिकको गोलमा पन्जाबले अग्रता लिएको थियो । तर गोकुलमका नाथनिले ६३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरीपछि पनि पन्जाब २२ अंकका साथ दोस्रो स्थानमा यथावत छ । १४ खेलमा पन्जाबले ५ मा जित ७ मा बराबरी र २ खेलमा हार बेहोरेको छ ।

पन्जाब १८ अंकका साथ सातौं स्थानमा छ । टोलीले १३ खेलमा ५ जित ३ बराबर र ५ खेलमा हार बेहोरेको शीर्ष स्थानको मोहन बगानले १३ खेलमा ३२ अंक जोडेको छ । शनिबारको खेलमा किरण पुरा समय खेलेका थिए । उनको खेल राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले हेरेकी थिइन् ।

सोही खेलका दौरान भारतीय महिला लिग (आईडब्लूएल) च्याम्पियनको ट्रफीसहित खेलाडीको र्याली गरिएको थियो । सावित्रा सम्मलित गोकुलमले दुई साता अघि आईडब्लूएल जितेको थियो । त्यहि विजयत्सवमा सामेल हुन शुक्रबार त्यहाँ पुगेकी थिइन् ।

गोकुलमलाई च्याम्पियन बनाउन सावित्राको भूमिका महत्वपूर्ण रहेको थियो । क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै सावित्राले निर्णायक गोल गरेकी थिइन् । लिग अवधिभर गोकुलमको सबै जितमा सावित्रा केन्द्रमा रहिन् । उनले लिगमा १६ गोल गर्दै उच्च गोलकर्ताको उपाधि जितेकी थिइन् ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.