default_image

4 years ago

March 1, 2020

अलन्सोको गोलमा चेल्सी हारबाट जोगियो

एजेन्सी – खेलको अन्त्यतिर मार्काेस अलन्सोले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ । चेल्सीले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो । शुरुवाती अग्रता लिएर पनि खेलमा पछि परेको चेल्सीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गर्दै हार टारेको थियो । बर्नमाउथका जेफर्सन लेर्मा र जोसुआ किङले गोल […]

16 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर मार्काेस अलन्सोले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ । चेल्सीले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो ।

शुरुवाती अग्रता लिएर पनि खेलमा पछि परेको चेल्सीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गर्दै हार टारेको थियो । बर्नमाउथका जेफर्सन लेर्मा र जोसुआ किङले गोल गरे । चेल्सीका लागि दुवै गोल मार्काेस अलन्सोले गरे ।

खेलको ३३औं मिनेमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल खाएपछि खेलमा २–१ ले पछि परेको थियो ।

५४औं मिनेटमा लेर्माले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । ५७औं मिनेटमा जोसुआ किङले गोल गर्दै बर्नमाउथलाई २–१ को अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी रहँदा अलन्सोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बरारबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । बराबरीसँगै चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । चेल्सीको २८ खेलबाट ४५ अंक छ । बर्नमाउथ २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

अन्य नतिजा

ब्राइटनविरुद्ध क्रिस्टल प्यालेस (०–)

न्युु क्यासलविरुद्ध बर्नली (०–०)

वेस्टह्यामविरुद्ध साउथह्याम्पटन (–१)

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.