default_image

4 years ago

March 5, 2020

राष्ट्रिय महिला लिग अर्को महिना, ३ विदेशी खेलाडी राख्न पाउने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रथम उपमेयर राष्ट्रिय महिला लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले बिहीबार उपमेयर राष्ट्रिय महिला लिग फुटबलको धरानमा हुने पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको हो । पहिलो चरण ३ देखि १३ चैतसम्म हुनेछ । काठमाडौं र विराटनगरमा हुने दोस्रो र तेस्रो चरणको […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रथम उपमेयर राष्ट्रिय महिला लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले बिहीबार उपमेयर राष्ट्रिय महिला लिग फुटबलको धरानमा हुने पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

पहिलो चरण ३ देखि १३ चैतसम्म हुनेछ । काठमाडौं र विराटनगरमा हुने दोस्रो र तेस्रो चरणको खेल तालिका पहिलो चरणपछि सार्वजनिक गर्ने एन्फाले जनाएको छ । एन्फाका अनुसार दोस्रो चरण काठमाडौंमा बैशाख पहिलो साता र अन्तिम चरणको खेल जेठ तेस्रो साता विराटनगरस्थित सहिद रंगशालामा हुने छ ।

सुनसरीको धरान रंगशालामा हुने प्रतियोगिताको पहिलो चरणको उद्घाटन खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र चन्द्रपुर नगरपालिका रौतहटबीच सँग प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि हुनेछ । दोस्रो दिन दुई खेल हुनेछ । तेस्रो दिन एक खेल, चौथो, पाँचौ र छैटौ दिन दुई खेल हुनेछ । सातौ, आठौं र नवौ दिन १–१ खेल हुनेछ । १०औं दिन दुइ तथा अन्तिम दिन एक खेल हुने एन्फाले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपिएफसहित मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका रहेका छन् ।

गत महिना रौतहटमा सम्पन्न उपमेयर राष्ट्रिय महिला फुटबल छनोटबाट आएका चार टिम र तीन विभागीय क्लब गरी सात टिमले डबल राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीले १२–१२ खेल खेल्नेछन् । बढी अंक जोड्ने टोली लिग च्याम्पियन बन्नेछ । लिगको लागि पहिलो चरणमा १८ नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ८ नगरपालिकाले दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले आठ लाख र तेस्रो हुनेले पाँख लाख नगद पाउने छन् । त्यस्तै, विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले ५० हजार नगद पाउने छन् । हरेक खेलको वुमन अफ दि म्याचले ५ हजार पाउनेछन् ।

प्रतियोगिताको अनुशाषित टोलीलाई १ लाख ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ । टोलीलाई तयारीको लागि १–१ लाख रुपैया प्रदान गरिएको र प्रतियोगिताको अनुमानित बजेट १ करोड ३२ लाख ५५ हजार रुपैया रहने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले एक टोलीमा २३ मध्ये ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेको छ । ३ अफिसियलमध्ये १ महिला अफिसियल हुनुपर्ने अनिवार्य गरिएको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.