5 years ago
March 7, 2020
दीपक बोहोरा, इलाम
आयोजक माइभ्याली फुटबल क्लबका मिडफिल्डर शरण बस्नेत माइभ्याली गोल्डकपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
फाइनलमा आयोजक टोली मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेपनि शरण उत्कृष्ट खेलाडी चुनिएका हुन् । शरणलेसर्वोत्कृष्ट बनेसँगै १ लाख १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । आयोजक टोलीका गोलरक्षक देव लिम्बू उत्कृष्ट गोलरक्षक चुनिंदा आयोजककै छिरिङ गुरुङ उत्कृष्ट डिफेन्स छानिए ।
मछिन्द्रका योगेश गुरुङ उत्कृष्ट मिडफिल्डर तथा आन्द्रेस निया उत्कृष्ट फरवार्ड भए । उपाधि विजेता मछिन्द्रकै प्रशिक्षक प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक भए । विधागत तर्फ सबै उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
ठुलो टुँडिखेलमा भएको फाइनलमा दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यहि गोल जितमा लागि पर्याप्त रह्यो ।
उपाधिसँगै मछिन्द्रले आठ लाख र उपविजेता माइभ्यालिले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । फाइनलको म्यान अफ द म्याच गोलकर्ता आन्द्रेस नै भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
ए डिभिजन लिगको उपाधिपछि झापामा सताक्षी गोल्डकप जितेको मछिन्द्रले माइभ्यालीको सेमिफाइनलमा भारतको माने भञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]