default_image

4 years ago

March 8, 2020

हजार्ड र हाकिमीको गोलमा डर्टमन्डको जित

36 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगाको उपाधि यात्रालाई जीवितै राख शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाचलाई पराजित गरेको छ । डर्टमन्डले घरेलु टोली मोन्चेनग्लाडवाचलाई २–१ ले निराश पार्दै शीर्षस्थानको बायर्न म्युनिखमाथि दवाव सिर्जना गरेको हो ।

जितसँगै डर्टमन्डको २५ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको शीर्ष स्थानको बायर्नको ५१ अंक छ । पराजित मोन्चेनग्लाडवाच ४६ अंक जोडेर पाँचौ स्थानमा छ । बोरुसिया पार्क मोन्चेनग्लाडवाचमा डर्टमन्डको जितमा थोर्गन हजार्ड र अचरफ हाकिमीले गोल गरे । घरेलुु टोलीका लार्स स्टिन्डिलले एक गोल फर्काए ।

निकै नै प्रतिस्पर्धात्मक खेलको आठौं मिनेटमा थोगर्न हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनाएको थियो । हजार्डले यसै सिजन विन्टरमा अष्ट्रियन क्लब साल्जवर्गबाट अनुबन्धित भएका नर्वेजियन युवा फरवार्ड अर्लिङ ब्राउट हालान्डको पासमा गोल गोल गर्न सफल भएका थिए ।
हालान्डले डर्टमन्ड आएयता उच्च प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन डर्टमन्डबाट ८ खेलमा ९ गोल र एक असिस्ट दिएका छन् ।

५०औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । स्टिन्डिलले एलासाने प्लियाको पासमा गोल गर्न सफल भएका थिए ।
७१औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै डर्टमन्डलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । हाकिमीले जाडोन सान्चोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड २–१ ले विजयी हुन सफल भयो ।

अन्य नतिजा 

पाडेरवर्नविरुद्ध कोल्न (१–)

लिभरकुसेनविरुद्ध फ्रन्कफर्ट (–०)

फ्रेइवर्गविरुद्ध युनियन बर्लिन (–१)

हर्था बर्लिनविरुद्ध वेर्डर ब्रेमेन (२–२)

साल्केविरुद्ध होफेनहाइन (१–१)

वल्सवर्गविरुद्ध आरबी लाइप्जिग (०–०)

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.