default_image

4 years ago

March 9, 2020

जिनोआसँग मिलान स्तब्ध

26 views

0 Bookmark

एजेन्सी – एसी मिलान इटालियन सिरी ‘ए’ मा जिनोआसँग स्तब्ध बनेको छ । (कोभिड–१९) कोरोना भाइरसको सन्त्रासका कारण बन्द रंगशालामा मिलान घरेलु मैदानमै रेलिगेसन जोनका रहेको जिनोआसँग २–१ ले स्तब्ध बनेको हो । 

घरेलु मैदानमा मिलानलाई स्तब्ध बनाउन गोरान पान्डेभ र फ्रान्सिस्को कासाटाले गोल गरे । मिलानका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले गोल गरेपनि हार टार्न सकेन । मिलानोमा खेलको सातौ मिनेटमा नै घरेलु टोली गोरान पान्डेभको गोलबाट पछि परेको थियो । गोरानले एन्टेनियो सानाब्रियाको पासमा गोल गरेका थिए ।

खेलमा एक गोलले पछि परेपछि मिलानले लगातार दवावमा राखेपनि जिनोआको बलियो रक्षापङ्ति तोड्न सकेन । बरु ४१औं मिनेटमा अर्काे गोल खान पुग्यो । लासी स्कनको पासमा फ्रान्सिस्कोले गोल गरेपछि मिलान पहिलो हाफमा २–० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि मिलानले जिनोआलाई लगातार दवावमा राख्दै एक गोल फर्काउन सफल भयो । ७७औं मिनेटमा ज्लाटनले गोल गर्दै मिलानलाई खेलमा फर्काउने संकेत दिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा मिलान घरेलु मैदानमै स्तब्ध बन्न पुग्यो । मिलानले खेलभर २३ आक्रमण बुनेपनि गोल गर्न असफल रह्यो ।

हारपछि मिलान ३६ अंकसहित सातौ स्थानमा रहेको छ । जिनोआले भने रेलिगेसन जोन छोडेको छ । लिससँग समान २५ अंक रहेपनि जिनोआ गोल अन्तरमा १७औं स्थानमा रहेको हो ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.