default_image

4 years ago

March 12, 2020

रोनाल्डो क्वारेन्टाइनमा !

एजेन्सी – कोरोना भाइरसको महामारीले विश्वका विभिन्न मुलुक प्रभावित भइरहेका बेला युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्सका रोनाल्डोका सहकर्मी डेनिली रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए । इटाली फर्कनुअघि उनले क्वारेन्टाइममा बिताउनु पर्ने […]

51 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरसको महामारीले विश्वका विभिन्न मुलुक प्रभावित भइरहेका बेला युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।

युभेन्ट्सका रोनाल्डोका सहकर्मी डेनिली रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए ।

इटाली फर्कनुअघि उनले क्वारेन्टाइममा बिताउनु पर्ने भएको हो । आइतबार इन्टर मिलानलाई पराजित गरेपछि डेनिलीले टोलीको सामूहिक तस्बिर सार्वजनिक गरेका थिए ।

जसमा टोलीका अन्य सदस्यसँगै रोनाल्डो पनि रहेका छन् । डेनिलीसँगै रोनाल्डो र अन्य खेलाडीले एउटै ड्रेसिङ रुम प्रयोग गरेकाले पनि सबै खेलाडीलाई क्वारेन्टाइमा राखिनु पर्ने बताइएको छ ।

कोरानो सुरु भएको चीनपछि सबैभन्दा प्रभावित मुलुक इटाली हो । इटालीमा अहिले ६ करोड भन्दा बढी नागरिकलाई घर बाहिर निस्कन दिइएको छैन । कोरोनाकै कारण सिरिए अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ ।

रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा महत्वका साथ प्रकाशित गरेका छन् ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.