default_image

4 years ago

March 12, 2020

खुमलटार र टुसाल बराबर

काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । बिहीबार लिगको चौथो चरणको खेलमा टुसाल युथ क्लबसँग २–२ गोलको बराबरीमा रोकिएपछि खुमलटारले शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो । टुसालविरुद्ध जित हात पार्न सफल भएको भए खुमलटारले सातबाटो युथ क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लने मौका […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । बिहीबार लिगको चौथो चरणको खेलमा टुसाल युथ क्लबसँग २–२ गोलको बराबरीमा रोकिएपछि खुमलटारले शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो ।

टुसालविरुद्ध जित हात पार्न सफल भएको भए खुमलटारले सातबाटो युथ क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लने मौका रहेको थियो । बराबरीपछि खुमलटार ४ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको सातदोबाटोको १२ तथा दोस्रो स्थानको बाँसबारीको ११ अंक छ । टुसाल ७ अंक जोडेर चौथो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा खुमलटारका महेश राई र सविन केसीले गोल गरे । टुसालका मोहित गुरुङ र सन्तोष दाहालले गोल गरे ।  प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा मोहित गुरुङको गोलबाट टुािलले खेलमा अग्रता बनाएको थियो । १६औं मिनेटमा महेश राईले बराबरी गोल फर्काए ।

३०औं मिनेटमा सविन केसीले गोल गरेपछि खुमलटारले खेलमा अग्रता बनाएको थियो । ६२औं मिनेटमा सन्तोष दाहालले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.