4 years ago
March 13, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको दोस्रो लेगको खेल स्थगित भएको छ । रियलका सबै खेलाडी क्वारेन्टाइनमा रहने भएपछि खेल स्थगित गरिएको हो । दोस्रो लेग सिटीको मैदानमा मंगलबार रातिको लागि तय थियो । पहिलो लेगमा सिटीले रियलविरुद्ध २–१ को अग्रता बनाएको छ । रियलका बास्केटबल […]
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको दोस्रो लेगको खेल स्थगित भएको छ ।
रियलका सबै खेलाडी क्वारेन्टाइनमा रहने भएपछि खेल स्थगित गरिएको हो । दोस्रो लेग सिटीको मैदानमा मंगलबार रातिको लागि तय थियो । पहिलो लेगमा सिटीले रियलविरुद्ध २–१ को अग्रता बनाएको छ ।
रियलका बास्केटबल खेलाडीमा कोरोना संक्रमण देखिएपछि फुटबल टोलीलाई पनि करिव दुई साता आइसोलेसन वार्डमा राखिदैछ । रियलकै खेलाडीहरु आइसोलेसन वार्डमा रहने भएपछि स्पेनिस ला लिगा आयोजकले स्पेनिस ला लिगाको आगमी दुई चरणको खेल स्थगित गरिसकेको छ ।
चीनबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यस्तै युभेन्ट्स र लियोनबीचको दोस्रो लेग खेल समेत स्थगित भएको छ । दोस्रो लेग खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तालिका रहेको थियो । पहिलो लेगमा युभेन्ट्स १–० ले पछि रहेको छ ।
May 2, 2024
दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको थियो। त्यसमा ७ लाख […]
May 2, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]
May 1, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]