default_image

4 years ago

March 15, 2020

विश्व खेलकुद गतिविधि ठप्प

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा प्राय सबै गतिविधि ठप्प रहेको छ । यसबाट खेलकुदका गतिविधि पनि ठप्प बनेका छन् । चीनबाट शुरु भएको यो भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि सकिने संघारका रहेको विश्वको चर्चित फुटबल लिगहरु ठप्प भइसकेको छ । युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, […]

42 views

0 Bookmark

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा प्राय सबै गतिविधि ठप्प रहेको छ । यसबाट खेलकुदका गतिविधि पनि ठप्प बनेका छन् ।

चीनबाट शुरु भएको यो भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि सकिने संघारका रहेको विश्वको चर्चित फुटबल लिगहरु ठप्प भइसकेको छ ।

युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग अप्रिलसम्मका लागि स्थगित भइसकेका छन् । अब यसमा जर्मनीको जर्मन बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वान पनि स्थगित भएको छ ।

जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल २ सम्मको लागि स्थगित गरिएको जनाएको छ । यस्तै फ्रान्सको लिग डी फुटबल प्रोफेसनलले शुक्रबारबाट सम्पूर्ण खेल स्थगित गरिएको उल्लेख गरेको छ ।

फुटबल मात्र होइन । खेलकुदका अन्य गतिविधि पनि कोरोना भाइरसका कारण ठप्प बनेका छन् । अप्रिल २६ मा तय लन्डन म्याराथन पहिलोपटक स्थगित भएको छ । म्याराथन अब अक्टोवरमा हुनेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.