default_image

4 years ago

March 14, 2020

राजर्षीको फाइनल पुलिस र कन्चनजंगाबीच तय

काठमाडौं (हाम्रो खेलकुद)– भारत सिलगुढीको कन्चनजंगा एफसी सर्लाहीको बागमतीमा जारी चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ए डिभिजन टोली प्रभु बैंक जावलाखेल युथ क्लबलाई शनिबार टाइब्रेकरमा ३–१ ले हराउँदै कन्चनजंगा उपाधि नजिक पुगेको थियो । अब टोली फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई शुक्रबार […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारत सिलगुढीको कन्चनजंगा एफसी सर्लाहीको बागमतीमा जारी चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

ए डिभिजन टोली प्रभु बैंक जावलाखेल युथ क्लबलाई शनिबार टाइब्रेकरमा ३–१ ले हराउँदै कन्चनजंगा उपाधि नजिक पुगेको थियो । अब टोली फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई शुक्रबार ३–१ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको थियो ।

पुलिसको अर्को टोली पोखरामा शनिबार भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । पुलिस नेपाल आयल निगम मनाङ मस्र्याङ्दीसँग टाइब्रेकरमा ४–३ ले पराजित भएको थियो ।

पुलिसले एकै पटक बागमती र पोखरामा प्रतिस्पर्धा गरिरहेको छ । सन्तोष श्रेष्ठ स्मृति मैदानमा शनिबार जावलाखेल र कन्चनजंगाले निर्धारित समय १–१ को बराबरी खेलेका थिए ।

कन्चनजंगा गत महिना धनगढीमा सम्पन्न नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबसँग पराजित भएको थियो ।

बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.