default_image

4 years ago

March 16, 2020

टुसाल हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद)– इन्ज्युरी समयमा संगम शाहीले गोल गरेपछि टुसाल युथ क्लबले टोखा श्री भगवती क्लबसँगको सम्भावित हारबाट जोगिएको छ । हारतर्फ उन्मुख भएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा संगमले गोल गरे खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । अन्तिम एक मिनेट सम्हालिन नसक्दा श्री भगती टोखा भने जितबाट वञ्चित बनेको छ । […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्ज्युरी समयमा संगम शाहीले गोल गरेपछि टुसाल युथ क्लबले टोखा श्री भगवती क्लबसँगको सम्भावित हारबाट जोगिएको छ । हारतर्फ उन्मुख भएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा संगमले गोल गरे खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

अन्तिम एक मिनेट सम्हालिन नसक्दा श्री भगती टोखा भने जितबाट वञ्चित बनेको छ । बराबरी पछि श्री भगवती ५ खेलबाट ५ अंक जोडेर नवौं स्थानमा यथावत रहँदा टुसाल ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

खेलको नवौं मिनेटमा मोहन थापाको गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो । इन्ज्युरी समयमा संगम शाहीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । सोमबारै सविन केसीको ह्याट्रिक सहयोगमा खुमलटार युथ क्लबले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको थियो ।

लिगमा मंगलबार दुई खेल हुनेछ । ब्वाइज युनियन र रानी पोखरी कर्नर टिम ९आरसिटी० बीच मध्यान्ह १२ः३० बजे तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब झम्सिखेल युथ क्लबबीच दिउँसो ३ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.