default_image

5 years ago

March 17, 2020

दोस्रो गार्डेन कपबाट ८ लाख रुपैयाँ बचत

89 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – गार्डेन कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको समापनसँगै आयव्यय सार्वजनिक गरिएको छ ।

गार्डेन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताबाट ८ लाख १३ हजार रुपैयाँ बचत भएको आयोजकले जनाएको छ । आर्थिक पारदर्शिता गराउन मंगलबार पोखरामा पत्रकार सम्मेलन गरि क्लबले प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।

प्रतियोगिताबाट १४ लाख ५८ हजार ३ सय ९० रुपैयाँ आम्दानी भएको थियो । जसमा ६ लाख ४५ हजार ३ सय ९० खर्च तथा ८ लाख १३ हजार रुपैयाँ बचत भएको क्लबका कोषाध्यक्ष दिलिप गुरुङले जानकारी दिए । त्यस्तै क्लबका अध्यक्ष विनोद गुरुङले प्रतियोगिताबाट बचत भएको रकमले तेस्रो संस्करणबाट भने क्लब स्तरीय फुटबल प्रतियोगिता गराउने योजना भएको बताए ।

‘ हामिले अब ११ ए साइड फुटबल प्रतियोगिता गराउने छौं । बचत भएको रकम सामाजिक कार्यका साथै सोहि प्रतियोगितामा प्रयोग गर्नेछौं,’ गुरुङले भने । प्रतियोगिताको लागि पोखरा महानगरपालिका वडा नं ११ ले निकै सहयोग गरेको बताउँदै देश विदेशबाट समेत सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गरे ।

सोहि क्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोहन बास्तोलाले क्लबले निकै उत्कृष्ट कार्य गरेकोमा आगामी वर्ष ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘ यसपटकको प्रतियोगितालाई वडास्तरिय बजेटबाट १ लाख ५० हजार सहयोग गरेका थियौं,आगामी संस्करणमा ५ लाख सहयोग गर्नेछौं,’ बास्तोलाले भने । वडामा आयोजित प्रतियोगिता भव्य रुपमा सफल भएको दावी गर्दै क्लबले युवाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न सिकाएको बताए ।

फागुन १२ देखि १७ गते सम्म पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको प्रतियोगितामा संगम एफसी विजेता तथा मेरो नेपाल उपविजेता बनेका थिए ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.