default_image

4 years ago

March 18, 2020

नेपाल र इग्ल्यान्ड ‘सी’बीचको मैत्रीपूर्ण खेल स्थागित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्वभर पारेको असरका कारण २०७७ जेठ १२ गतेका लागि इग्ल्यान्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सुचना नभए सम्मका लागि मैत्रीपूर्ण खेल स्थगित भएको […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्वभर पारेको असरका कारण २०७७ जेठ १२ गतेका लागि इग्ल्यान्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको छ ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सुचना नभए सम्मका लागि मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको छ । एन्फा र फुटबल एसोसिएसन (एफए) बीच  माघमा दुई मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेल सन् २०२१ मा नेपालमा हुने सम्झौतामा उल्लेख छ । सम्झौताका लागि एफएका लरेन्स जोन्स र एन्ड्रयू स माघमा काठमाडौं आएका थिए । एन्फा र एफ ए बीच माघ ८ गते २ वटा मैत्रीपूर्ण खेलका विषयमा सम्झौता भएको थियो ।

होम एन्ड अवेमा हुने मैत्रीपूर्ण खेलको पहिलो खेल जेठ १२ गते मा इग्ल्यान्डमा हुने तय थियो । नेपाली टोली र इग्ल्यान्ड ‘सी’ बीचको खेल अल्डरसट फुटबल मैदानमा हुनेछ । नेपाली ब्रिटिस गोर्खाहरुको बाक्लो बसाई रहेको ठाँउमध्ये अल्डरसट पनि पर्दछ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.