default_image

4 years ago

March 18, 2020

कोम्यानका लागि बार्सिलोनाले एक वर्ष कुर्नुपर्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई क्लबमा अनुबन्ध गर्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रहेका कोम्यान युरो कप सकिएलगत्तै बार्सिलोना आउने तयारी रहेको थियो । बार्सिलोनाले यसअघि टोलीको प्रशिक्षकका रुपमा रहेका एर्नेस्टो भालभेर्डे को सम्झौता सकिएपछि कोम्यानलाई प्रशिक्षकको रुपमा भित्र्याउने तयारी गरेको थियो । कोम्यान […]

31 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई क्लबमा अनुबन्ध गर्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रहेका कोम्यान युरो कप सकिएलगत्तै बार्सिलोना आउने तयारी रहेको थियो ।

बार्सिलोनाले यसअघि टोलीको प्रशिक्षकका रुपमा रहेका एर्नेस्टो भालभेर्डे को सम्झौता सकिएपछि कोम्यानलाई प्रशिक्षकको रुपमा भित्र्याउने तयारी गरेको थियो । कोम्यान र बार्सिलोनाबीच पटक पटक यस विषयमा छलफल पनि भएको थियो । नेदरल्यान्ड्सको फुटबल संघले पनि युरो सकिएपश्चात कोम्यानलाई बार्सिलोना जान दिने बताएको थियो । कोम्यानले आफ्नो खेलाडी जीवनको स्वर्णकाल बार्सिलोनामा बिताउँदै थुप्रै सफलता हासिल गरेका थिए ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सन् २०२० को युरो एक वर्ष पछि सरेसँगै कोम्यानले पनि आफू एक वर्ष अझै कुर्नपर्ने भएको बताएका छन् । त्यसो त बार्सिलोनाले पनि भालभेर्डेलाई बर्खास्त गर्दै सिजनको बिचमा नै किके सेटिनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । जनवरीमा मात्र क्लबमा आबद्ध भएका सेटिनको प्रशिक्षणमा टोलीको औसत प्रदर्शन रहँदै आएको छ ।

कोम्यानले आफ्नो बार्सिलोनासँगको सम्बन्ध सुमधुर रहेको र युरोपछि मात्र टोलीमा जान सक्ने बताए । ‘ मेरो सम्झौता अनुसार युरोपछि मात्र बार्सिलोना जान पाउने प्रावधान रहेको छ । कुनै मिति उल्लेख गरिएको छैन । त्यसैले अब युरो सकिएपछि मात्र त्यसतर्फ सोच्नेछु । हाललाई मेरो ध्यान त्यसतर्फ खासै छैन पनि,’ कोम्यानले स्पेनिस संचारमध्यम मार्सालाई बताए ।

युरो एक वर्षलाई स्थगित भएसँगै नेदरल्यान्ड्सलाई भने संयोगवश एक खुसीको खबर आएको छ । टोलीका मुख्य खेलाडीमध्यका विंगर मेम्फिस डीपाएले चोटका कारण यसवर्ष हुने युरो गुमाउने पक्का भएको थियो । तर प्रतियोगिता अर्को वर्षका लागि सरेसँगै उनी उपलब्ध हुनेछन् ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.