default_image

4 years ago

March 22, 2020

रोनाल्डिन्होको ४० औं जन्मदिन जेलमै

48 views

0 Bookmark

एजेन्सी– ब्राजिलियन विश्व कप विजेता रोनाल्डिन्होको जन्म दिन मार्च २१ मा पर्दछ । तर, यसपटकको उनले जेल भित्र जन्म दिन मनाए । उनी ४० औं वर्षमा प्रवेश गर्दैछन् ।

जाली पासपोर्टका कारण उनी केहि साता अघि पाराग्वेमा पक्राउ परेका थिए । जति बेला उनले ३० औं जन्म दिन मनाएका थिए । त्यो बखत उनी एसी मिलानबाट उच्च स्तरको फुटबल खेलिरहेका थिए । बार्सिलोनामा ५ वर्ष बिताएर उनी मिलान पुगेका थिए । बार्सिलोनामा उनले २ वटा लिग उपाधि , २ वटा सुपर कोपा, एउटा च्याम्पियन्स लिग जितेका थिए ।

उनले बार्सिलोनमा रहँदा बालोन डी ओर उपाधि पनि जितेका थिए । मेस्सीले बार्सिलोनामा आफ्नो प्रभाव जमाउनुअघि रोनाल्डिन्होले क्याम्प नोउमा अमिट छाप छाडेका थिए । उनले खेल जीवनको अत्य भने स्वदेश फर्केर गरेका थिए । यसबीचमा उनको जीवनमा निकै उतारचढाव आएको थियो ।

कर छली र ऋण तिर्न नसक्दा सरकारले उनको पासपोर्ट जफत गरेको थियो । खेल जिवन जारी रहँदै अत्याधिक मोजमस्ती गर्ने रोनाल्डिन्हो खेल जिवन सकिएपछि पनि सोहि जिवनशैलीमा टिक्न सकेनन् । उनले अझै केहि समय जेलमा बस्नुपर्ने हुन्छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.