default_image

4 years ago

March 23, 2020

सचेत र सुरक्षित रहन खेलाडीको आग्रह

काठमाडौ.( हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी असरले उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाली राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीले सार्वजनिक अपिल गर्ने क्रममा सबैलाई घरमा रहन आग्रह गरेका छन् । पुरुष फुटबल टोलीका कप्तान तथा किरण चेम्जोङले सबैलाई सके सम्म घरमै बस्न र सेनिटाइजसको प्रयोग गर्न आग्रह गरेका छन् । अखिल नेपाल […]

44 views

0 Bookmark

काठमाडौ.( हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी असरले उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाली राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीले सार्वजनिक अपिल गर्ने क्रममा सबैलाई घरमा रहन आग्रह गरेका छन् ।

पुरुष फुटबल टोलीका कप्तान तथा किरण चेम्जोङले सबैलाई सके सम्म घरमै बस्न र सेनिटाइजसको प्रयोग गर्न आग्रह गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) ले फेसबुक पेजमा अपलोड गरेको सन्देशमा किरणसहित रोहित चन्द, सुजल श्रेष्ठ, महिला टोलीका सावित्रा भण्डारी र अन्जली सुब्बाले सन्देश दिएका छन् ।

सावित्राले आफ्नो सन्देशमा भनेकी छिन्, ‘कोराना भाइरसको महामारीले विश्वमा आइपरेको समस्याले एक पटक सबैलाई सोच्न बाध्य बनाएको छ । यसले विश्वमा सयौं मानिसहरुको मृत्यु भइसकेको छ । नेपाल पनि उच्च जोखिममा रहेको विषयलाई मध्यनजर गर्दै सावधानी अपनाउनका लागि सरकारले आग्रह गरेको छ । हामी सबैले सरकारको निर्णयको पालना गरौं । आधिकारिक निकायको सुचनामा मात्र विश्वास गरौं । अनावश्यक हल्लाको पछाडि लागेर आतंकित नबनौं । सबैले आफ्नो र परिवारको ख्याल गरौं । पटक पटक हात धुने बानी बसालौं ।’

गोलकिपर अन्जलीले अहिले पनि नेपालीले कारोनालाई गम्भिरतापूर्वक नलिएको गुनासो गदैै सबैलाई सचेत रहन आग्रह गरेकी छिन् । नेपालले चार महिनाअघि १३ औं दक्षिण एसियाली खेलकुदमा फुटबल तर्फ स्वर्ण जित्दा टोलीका कप्तान रहेको सुजलले सामाजिक सञ्जाल र अन्य माध्यमबाट आएका समाचारमा विश्वास नगर्न र सरकारले दिएको आधिकारिक जानकारीमा विश्वास गर्न, पालना गर्न आग्रह गरेका छन् । रोहितले पनि सरकारले जारी गरेका सुचनालाई पछ्याउन र सोही अनुरुपको व्यवहार गर्न भनेका छन् ।

Please Let’s stay alert.. only way to deal with CORONA VIRUS ( COVID 19) is to take necessary precautions… Please stay isolated for time being.. You can save a lot life by just staying away from them.. 🙏🏼

Posted by Binod Das on Monday, March 23, 2020

यसैबीच, ओलम्पियन दीपक विष्टले सामाजिक सञ्चालमार्फत सबैलाई आफ्नो र परिवारको ख्याल राख्न आग्रह गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र विनोद दासले पनि यो संकटको घडिमा संयमता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् । चीनबाट सुरु भएको कोराना भाइरसले विश्वका अधिकांश मुलुकमा असर पारिसकेको छ ।

कोरोनाको संक्रमणबाट १४ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । इटालीमा मात्र ५ हजार ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । नेपालमा पनि सोमबार मात्र एकजनामा संक्रमण भएको देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको टुकु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

Success

Thank you for your time.