default_image

4 years ago

March 25, 2020

मेस्सी र ग्वार्डिओलाद्वारा क्याटलान क्षेत्रलाई आर्थिक सहयोग

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाका पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरस (कोभिड–१९) विरुद्वको अभियानमा स्पेनको क्याटलान अर्थात बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् । कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले क्याटलान क्षेत्रको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि १ मिलियन युरो रकम सहयोग गरेका […]

41 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाका पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरस (कोभिड–१९) विरुद्वको अभियानमा स्पेनको क्याटलान अर्थात बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।

कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले क्याटलान क्षेत्रको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि १ मिलियन युरो रकम सहयोग गरेका हुन् । मेस्सीले गरेको सहयोगलाई अस्पतालले पुष्टि गर्दै कोरोनाविरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।

यस्तै बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले क्याटलान क्षेत्रमा मेडिकल सामाग्री खरिदका लागि ग्वार्डिओलाले समेत १ मिलियन युरो नै सहयोग गरेका छन् । सहयोग रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जानेछ ।

ग्वार्डिओलाको सहयोग रकम अस्पतालमा भर्ना भएका र उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामाग्री खरीदमा खर्च गरिनेछ ।

स्पेन कोरोनाबाट बढी प्रभावित युरोपको दोस्रो मुलुक हो । जसमा क्याटलान क्षेत्र बढी प्रभावित छ । स्पेनमा २ हजार ६ सय ९६ जना मानिसको ज्यान गएको छ । करिब ४० हजार मानिस संक्रमित छन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.