default_image

4 years ago

March 25, 2020

काउटिन्होको भविष्यलाई लिएर बार्सिलोना चिन्तित

एजेन्सी – फिलिप्पे काउटिन्होको भविष्य पछिल्लो समय बार्सिलोनाका लागि टाउको दुखाईको विषय बनेको छ । ब्राजिलियन मिडफिल्डरका लागि कम्तिमा ८० मिलियन युरो खर्च गर्ने क्लब अहिले नदेखिएकोले बार्सिलोनाको चिन्ता बढेको हो । गत सिजन बार्सिलोनाले काउटिन्होलाई १ सय २० मिलियन युरोमा लोनमा पठाउँदा स्थायी रुपमा खरिद गर्न सक्ने विकल्पमा राखेको थियो । तर, उनले जर्मन […]

24 views

0 Bookmark

एजेन्सी – फिलिप्पे काउटिन्होको भविष्य पछिल्लो समय बार्सिलोनाका लागि टाउको दुखाईको विषय बनेको छ । ब्राजिलियन मिडफिल्डरका लागि कम्तिमा ८० मिलियन युरो खर्च गर्ने क्लब अहिले नदेखिएकोले बार्सिलोनाको चिन्ता बढेको हो ।

गत सिजन बार्सिलोनाले काउटिन्होलाई १ सय २० मिलियन युरोमा लोनमा पठाउँदा स्थायी रुपमा खरिद गर्न सक्ने विकल्पमा राखेको थियो । तर, उनले जर्मन क्लबमा प्रभाव जमाउन सकेका छैनन् । जसका कारण उनलाई बायर्नले स्थायी रुपमा लिने सम्भावना कम छ ।

कोरोना भाइरस कोभिड १९ को असर सुरु हुनु अघि बार्सिलोनाले काउटिन्होलाई ८० मिलियन युरोमा विक्री गर्न कठिन थियो । अब नयाँ परिस्थिति सृजना भएको छ । बार्सिलोनासँग अर्को विकल्पका रुपमा उनलाई पुनः अर्को सिजनमा पनि लोनमा पठाउन हुन सक्छ । अहिले बार्षिक रुपमा झन्डै १३ मिलियन युरो उनले कमाइरहेका छन् ।

लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी बार्सिलोना पुगेका थिए । तर बार्सिलोनामा काउटिन्होले प्रभाव जमाउन सकेनन् । गत सिजन प्रिमियर लिगकै चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले उनलाई लिने इच्छा देखाएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.