default_image

4 years ago

April 2, 2020

‘नेयमार नभई नहुने खेलाडी होइनन्’

एजेन्सी – ब्राजिली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एडेनर लियोनार्दाे बाच्ची (टिटे)ले नेयमार टोलीका लागि आवश्यक खेलाडी रहेपनि टोलीमा नभई नहुने खेलाडी नरहेको बताएका छन् । गोलसँगको कुराकानीका क्रममा टिटेले विश्व फुटबलका स्टार नेयमार टोलीका लागि आवश्यक खेलाडी रहेपनि नभई नहुने खेलाडी भने नरहेको बताएका हुन् । टिटे सन् २०१६ देखि ब्राजिली टोलीको मुख्य प्रशिक्षक रहेका […]

41 views

0 Bookmark

एजेन्सी – ब्राजिली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एडेनर लियोनार्दाे बाच्ची (टिटे)ले नेयमार टोलीका लागि आवश्यक खेलाडी रहेपनि टोलीमा नभई नहुने खेलाडी नरहेको बताएका छन् ।

गोलसँगको कुराकानीका क्रममा टिटेले विश्व फुटबलका स्टार नेयमार टोलीका लागि आवश्यक खेलाडी रहेपनि नभई नहुने खेलाडी भने नरहेको बताएका हुन् । टिटे सन् २०१६ देखि ब्राजिली टोलीको मुख्य प्रशिक्षक रहेका छन् । उनको प्रशिक्षणमा ब्राजिलले ४८ खेलमा ३४ मा जित, १० बराबरी र ४ हारको नतिजा निकालेको छ ।

‘उनी टोलीको लागि आवश्यक खेलाडी हुन् । उनीसँग टोलीमा रहने क्षमता र प्रतिभा छ । यही प्रतिभाकै कारण उनी लामो समयदेखि ब्राजिलको राष्ट्रिय टोलीको महत्वपुर्ण फरवार्ड बनेका छन्,’ गोलसँगको कुराकानीमा टिटेले भने, ‘म पनि नेयमारको प्रशंसक हु । नेयमारले राम्रो प्रदर्शन गरे उनीमा अप्रत्यासित क्षमता छ । उनी एकल र टिममा भिज्न सक्ने खेलाडी हुन् । जुन अरु खेलाडीमा छैन । तर, यति हुँदैमा उनी नभई नहुने भन्ने होइन । उनी सँधै उही स्तरमा खेल्ने सम्भावना रहँदैन । उतारचढाव आउन सक्छ ।’

नेयमारले ब्राजिलका लागि १०१ खेलमा ६१ गोल गरेका छन् । उनी ब्राजिलबाट सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन् । उनीभन्दा अघि महान् हस्ती पेले (७७) र रोनाल्डो (६२) गोल रहेका छन् । २८ वर्षीय नेयमारले ब्राजिलबाट एकपटक कन्फेडेरेसन कप र एकपटक ओलम्पिक जितेका छन् ।

ब्राजिलले गतवर्ष कोपा अमेरिका जित्दा नेयमार चोटका कारण टोली बाहिर रहेका थिए । उनले यो सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट २३ खेलमा १८ गोल र ६ असिस्ट दिएका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.