default_image

4 years ago

April 3, 2020

लिग रद्द भएपछि बेल्जियममा ब्रुगलाई उपाधि

एजेन्सी – विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण लिग सुचारु हुन नसकेपछि बेल्जियन फुटबल फेडेरेसनले शीर्षस्थानमा क्लब ब्रुगलाई बेल्जियन प्रो लिग च्याम्पियन घोषणा गर्ने भएको छ ।   यससँगै युरोपियन लिगहरुमा रद्द हुने बेल्जियन लिग पहिलो लिग बनेको छ । युरोपका शीर्ष लिगहरु ३० अप्रिलसम्म स्थगित गरिएको छ । त्यसपछि पनि हुने या […]

39 views

0 Bookmark

एजेन्सी – विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण लिग सुचारु हुन नसकेपछि बेल्जियन फुटबल फेडेरेसनले शीर्षस्थानमा क्लब ब्रुगलाई बेल्जियन प्रो लिग च्याम्पियन घोषणा गर्ने भएको छ ।

 

यससँगै युरोपियन लिगहरुमा रद्द हुने बेल्जियन लिग पहिलो लिग बनेको छ । युरोपका शीर्ष लिगहरु ३० अप्रिलसम्म स्थगित गरिएको छ । त्यसपछि पनि हुने या नहुने टुंगो छैन ।

बेल्जियन प्रो प्रिमियर लिगको एक चरणको खेल बाँकी रहँदा कोरोनाका कारण प्रभावित भएको थियो । अन्तिम चरणसहित प्लेअफका केही खेलहरु बाँकी रहँदा क्लब ब्रुगले शीर्षस्थानमा १५ अंकको फराकिलो अग्रता बनाएको थियो । त्यसैले पनि बेल्जियन फुटबल फेडेरेसनको बैठकले क्लब ब्रुगलाई च्याम्पियन बनाएको हो ।

क्लब ब्रग २०१७/१८ को सिजनमा पनि च्याम्पियन बनेको थियो । बेल्जियन प्रो.प्रिमियर लिगमा १६ टोली रहेको छ । क्लब ब्रुगले २९ खेलमा २१ जित, ७ बराबरी र १ हारको नतिजा निकाल्दै ७० अंक जोडेको छ । जुन दोस्रो स्थानको जेन्ट (५५) भन्दा १५ अंक बढी हो ।

यूईएफएले च्याम्पियन्स लिग अनिश्चितकालीन स्थगन गर्दै सकेसम्म लिग फुटबलको अन्त्य गर्न निर्देशन दिएको छ । यसले अन्य देशको लिगहरु पनि समयमा नै सक्नुपर्ने अवस्था छ । लिग संचालन हुन नसकेमा रद्द गरेर अर्को सिजन सुरु गर्ने विकल्प समेत रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.