default_image

4 years ago

April 4, 2020

कोरोना संक्रमितका लागि जाभीको दम्पतीको सहयोग

44 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको पूर्व स्टार जाभी हर्नान्डेज र उनकी श्रीमती नुरुया कुनिलेराले कोराना भाइरसबाट संक्रमितका लागि आर्थिक सहयोग गरेका छन् । बार्सिलोनामा रहेको अस्पताललाई जाभीको जोडीले एक मिलियन युरो सहयोग गरेका हुन् ।

त्यो अस्पतालले कोरना भाइरसविरुद्ध लड्न कोष जुटाउने अभियान सुरु गरेको थियो । त्यस्तो कोष आवश्यक स्वास्थ्य सामाग्री किन्ने तथा भाइरसका बारेमा अध्ययन, अनुसन्धानका खर्च गरिने बताइएको छ ।

यो सहयोगले संक्रमितका लागि खर्च गरिनेछ । सहयोग स्वीकार गरेकोमा धन्यवाद, जाभीले अरुलाई पनि सहयोगका लागि आग्रह गरको छन् । कोराना संक्रमितका लागि यसअघि लियोन मेस्सी, नेयमार, क्रिस्टियानो रोनाल्डो, पेप ग्वार्डिओलालगायतले सहयोग गरेका थिए ।

बार्सिलोनाका लागि लामो समय खेलेका जाभी हाल प्रशिक्षक रहेका छन् । उनी निकट भविष्यमा बार्सिलोना आउने चर्चा पनि रहेको छ । उनले स्पेनको राष्ट्रिय टोलीका लागि विश्वकप र युरो उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.