default_image

4 years ago

April 5, 2020

रियलका खेलाडीसँग प्रशिक्षक जिदानको भिडियो कल

45 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस कोभिड १९ का कारण युरोप निकै प्रभावित क्षेत्रमध्ये पर्दछ । जसका कारण स्पेनिस ला लिगा पनि स्थगित छ । यो विश्वव्यापी महामारीका कारण रियल म्याड्रिडका खेलाडी तीन सातादेखि अभ्यास गरिरहेका छैनन् । यस्तोमा खेलाडीको अवस्था बुझ्नका लागि प्रशिक्षक जिनेदिन जिदानले सामुहिक भिडियो कल गरेका थिए ।

खेलाडीका बारेमा बुझ्नका लागि उनले भिडियो कल खेलेका थिए । त्यहाँ टोलीको कुनै रणनीतिक विषयमा छलफल भएन । व्यक्तिगत रुपमा खेलाडीहरुको हालखबर बुझ्नका लागि उनले भिडयो कल गरेको बताइएको छ । यसले खेलाडीको मनोबल बढाउन सहायक हुने विश्वास गरिएको छ ।

खेलाडीले एक अर्कालाई सहयोग गर्न प्रोत्साहित हुन यस्तो भिडियो कल सहायक हुने अनुमान छ । ग्रेगरी ड्युपन्टले खेलाडीसँग फिटनेसका लागि सम्पर्क गरिरहेको बताइएको छ । जसका कारणमा जिदानले पनि आफैंले खेलाडीको अवस्था हेर्न चाहेर कल गरेका हुन् । सामुहिक भिडियो कल अहिले स्पेनलगायत विश्वभर नै टोलीहरुमाझ प्रयोग हुने गरेको छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.