default_image

4 years ago

April 6, 2020

च्याम्पियन्स लिगमा एक लेग मात्र गर्ने तयारी

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण अनिश्चित कालको लागि स्थगित भएको युरोपेली क्लब फुटबलको शीर्ष दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग अगस्टमा सकाउने तयारी भइरहेको बताएका छन् ।  जर्मन टेलिभिजनसँगको कुराकानीका क्रममा युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफरिनले हालको अवस्थामा प्रतिया्गिता कहिलेबाट शुरु […]

50 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण अनिश्चित कालको लागि स्थगित भएको युरोपेली क्लब फुटबलको शीर्ष दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग अगस्टमा सकाउने तयारी भइरहेको बताएका छन् । 

जर्मन टेलिभिजनसँगको कुराकानीका क्रममा युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफरिनले हालको अवस्थामा प्रतिया्गिता कहिलेबाट शुरु हुन्छ भन्न नसकिने अवस्था रहेपनि अगस्टको पहिलो सातामा च्याम्पियन्स र युरोपा लिगको फाइनल सकाउने योजना र तयारी भइरहेको बताएका हुन् ।

‘कोरोनाको त्रास कहिलेसम्म रहन्छ । तबसम्म निर्णय गर्न सकिने अवस्था छैन । सामान्य अवस्था हुदै गएपछि हामी यसबारेमा निर्णय गर्नेछौं । सम्भवत जुलाईमा खेलहरु सुचारु हुनेछ,’ अध्यक्ष सेफरिनले भने, ‘हामीले आन्तरिक रुपमा अगस्ट ३ मा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेलाउने योजना बनाइरहेका छौं । यसबारे निर्णय हुन बाँकी छ ।’

यस्तै अध्यक्ष सेफरिनले क्वाटरफाइनलदेखि सिंगल्स राउन्डमा खेलाउनेबारे पनि योजना बनाइरहेको थपे । ‘हामीलाई यो सिजन सकाउनु छ । यसअघिको होम एन्ड अवेलाई यसपटक सिगल्स राउन्डमा न्युट्रल भेन्युमा खेलाउने कि भन्नेबारे छलफल भएको छ,’ अध्यक्ष सेफरिनले भने, ‘यसबाट क्वाटरफाइनलबाट ४ र सेमिफाइनलबाट दुई खेल कटौती हुनेछ । यसले पनि सिजन सकाउन र कोरोनाको त्रास केही हदसम्म कम हुनेछ ।’

उनले प्रि–क्वाटरफाइनलको दोस्रो लेगको बाँकी खेल भने हुने थपेका छन् । स्पेनिस एट्लेटिको मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा र जर्मन क्लब आरबी लाइप्जिगले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएका छन् । दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ ।

यसअघिच्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा ३० मेलाई तथा युरोपा लिगाको फाइनल पोल्यान्डमा २७ मेलाई तय भएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.