default_image

5 years ago

April 13, 2020

सर्वाधिक महँगा ५ खेलाडी

66 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलले निकै आम्दानी गरेको छ । त्यसको एउटा मुख्य कारण भनेको खेलाडी हुन् ।

खेलाडी विना उच्च सुरुवा रकम र पारिश्रमिकका कारण फुटबल आर्थिक रुपमा पनि निकै बलियो भएको छ । अहिले विश्व फुटबलमा महँगा ५ खेलाडी यी हुन् ।

१. केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन)– १ सय ६० मिलियन युरो

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पछि एमबाप्पेलाई अर्को फुटबल सुपर स्टारका रुपमा हेरिएको छ । अहिले उनी सर्वाधिक मुल्यवान खेलाडीका रुपमा हेरिएका छन् । २१ वर्षका एमबाप्पले क्लब र फ्रान्सेली दुवैका लागि महत्वपूर्ण खेलाडी हुन् । उनले अहिलेकै फर्मलाई निरन्तरता दिन सकेकेका खण्डमा भविष्यमा बालोन डी ओर नजित्ने कुनै कारण छैन ।

२. नेयमार (पेरिस सेन्ट जर्मेन) – १ सय २८ मिलियन युरो

विश्व फुटबल सर्वाधिक चर्चा हुने खेलाडी मध्येका एक हुन ब्राजिलियन सुपर स्टार नेयमार । उनलाई अहिलेका सक्रिय फुटबल खेलाडी मध्येका एक उत्कृष्ट खेलाड मान्ने पनि त्यत्तिकै छन् । कतिपय अवस्थामा भने उनी मैदान भित्र भन्दा मैदान बाहिरका घटनाका कारण बढी चर्चामा रहने गरेका छन् । मैदानमा हुँदा भने उनले क्लब र देश दुवैका लागि एकरुपताको प्रदर्शन गर्दै आएका छन् ।

३. रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी) –१ सय १८ मिलियन युरो

स्टर्लिङ अहिलेका इग्लिस खेलाडीमध्येका एक प्रतिभवान खेलाडी हुन् । सिटीमा ग्वार्डिओलानको प्रशिक्षणमा उनले उच्च प्रदर्शन गरिरहेको मानिन्छ । उनको उच्च प्रदर्शनका कारण सिटीले सबै खाले प्रतियोगितामा एकरुपको प्रदर्शन गर्दै आएको छ । उनी आफै पनि गोल गरिराख्नेमा पर्दछन् ।

२५ वर्षे उनले आफुलाई चाँडै सिटीमा जमाएका हुन् । लिभरपुलका पूर्व स्टार रियल म्याड्रिडले पनि उनलाई भित्राउन खोलेको थियो । तर ग्वार्डिओलो उनलाई सहजै गुमाउने छैनन् ।

४.मोहम्मद सलाह (लिभरपुल) – १ सय २० मिलियन युरो

पछिल्ला समयमा लिभरपुलले प्राप्त गरेका सफलताका महत्वपूर्ण खेलाडी मध्यका एक सलाह हुन् । गत सिजन लिभपुरलाई च्याम्पियन्स लिग जिताउन होस् वा यो सिजन लिभपुरलाई प्रिमियर लिगको शीर्षस्थानमा राख्न उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । फुटबल पुनः सुरु हुँदा टोलीले इजिप्सियन फरवार्डको उच्च प्रदर्शनको अपेक्षा गर्नेछ । अब दुई खेल जित्दा लिभपुलले प्रिमियर लिग जित्नेछ ।

५.साडियो माने (लिभरपुल) – १ सय २० मिलियन युरो

सहाल जस्तै लिभरपुलका लागि अर्को महत्वपूर्ण खेलाडी हुन् माने । जारी सजनमा टोलकिा लागि उनी उत्कृष्ट खेलाडी रहँदै आएका छन् । २७ वर्षे फरवार्डको महत्वपूर्ण गोलमा टोलीले जित हासिल गर्दै आएको छ । जसका कारण टोलीले प्रिमियर लिगमा दोस्रो स्थानका सिटीभन्दा २५ अंक बढी जोडेको छ ।

उनलाई यो वर्ष बालोन डी ओरको सम्भावित विजेताका रुपमा हेरिएको थियो । तर, बार्सिलोनाका लियोन मेस्सीले जितेका थिए । त्यो उनको छैटौं बालोन डी ओर हो ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.