default_image

4 years ago

April 19, 2020

कोरोनाले दिलायो मार्सेलोलाई अन्तिम मौका

एजेन्सी – रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले कोरोना भाइरस (कोभिड-१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने अन्तिम मौका पाएका छन् । पछिल्लो दुई सिजन रियल म्याड्रिडमा निकै संघर्ष गरिरहेका मार्सेलो पछिल्लो केहि महिनायता लगातार चोटको शिकार बन्दै आएका छन् । उनी चोटका कारण मैदान बाहिर रहेको बेलामा कोरोना महामारी फैलिएपछि […]

49 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले कोरोना भाइरस (कोभिड-१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने अन्तिम मौका पाएका छन् ।

पछिल्लो दुई सिजन रियल म्याड्रिडमा निकै संघर्ष गरिरहेका मार्सेलो पछिल्लो केहि महिनायता लगातार चोटको शिकार बन्दै आएका छन् । उनी चोटका कारण मैदान बाहिर रहेको बेलामा कोरोना महामारी फैलिएपछि फुटबल स्थगित भएको छ । जिदानले क्लब छोडेपछि टोलीमा स्थान बनाउन संघर्षरत मार्सेलो पुन: जिदान फर्किएपनि टोलीमा नियमित स्थान बनाउन भने असफल रहेका छन् ।

फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले लेफ्ट ब्याकको भूमिकामा मार्सेलोलाई पछाडी पारेका छन् । सन् २०२२ सम्म रियल म्याड्रिडमा सम्झौता रहेका मार्सेलोलाई अब क्लबमा रहन फुटबल सुरु भएपछि अन्तिम अवसर हुनेछ । मार्सेलोलाई अनुबन्ध गर्न इटालियन क्लब युभेन्ट्सले पनि प्रयास गरेको छ । तर मार्सेलो रियलको पहिलो टोलीमा स्थान बनाउन सके स्पेनमै रहन चाहन्छन् ।

त्यसो त अर्को सिजन मार्सेलोले मेन्डीसँगै अर्का लेफ्ट ब्याक सर्जियो रेगुलिओनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सर्जियो हाल लोनमा सेभिल्ला पुगेका छन् र उनले त्यहाँ राम्रो प्रदर्शन गरिरहेका छन् । लोनमै डर्टमुन्ड पुगेका अक्रफ हाकिमी पनि लेफ्ट ब्याक भूमिका निर्वाह गर्न सक्छन् र रियलले उनलाई क्लबमा नै राख्ने प्रबल सम्भावना छ ।

अघिल्ला सिजनमा रेगुलिओन र थियो हर्नान्डेजको चुनौतीलाई पछाडी पारेका मार्सेलो अब मेन्डीभन्दा अगाडी आउन चाहन्छन् । यसका लागि उनलाई लकडाउनपछि सुचारु हुने लिगमा प्रदर्शन गर्न आवश्यक छ । रियलका लागि ४ पटक च्याम्पियन्स लिग जिताएका मार्सेलो जिदानको विश्वास जित्न प्रयासमा हुनेछन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.