default_image

4 years ago

April 20, 2020

हामेसलाई अन्तिम मौका दिने रियलको योजना

एजन्सी – कोरोना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर गरेको छ । युरोपियन अधिकांश फुटबल गतिविधि ठप्प छ । यस्तो अवस्थामा ला लिगामा यो सजिनका बाँकी खेल के हुने भन्ने अझै टुंगो लागिसकेको छैन । त्यसका वावजुद पनि टोली भने नयाँ सिजनका लागि खेलाडीहरुको लिने योजना बनाइरहेका छन् […]

38 views

0 Bookmark

एजन्सी – कोरोना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर गरेको छ । युरोपियन अधिकांश फुटबल गतिविधि ठप्प छ । यस्तो अवस्थामा ला लिगामा यो सजिनका बाँकी खेल के हुने भन्ने अझै टुंगो लागिसकेको छैन ।

त्यसका वावजुद पनि टोली भने नयाँ सिजनका लागि खेलाडीहरुको लिने योजना बनाइरहेका छन् । त्यसमा रियल म्याड्रिड पनि रहेको छ । हामेस रोड्रिग्वेजका विषयमा भने टोलीले अन्तिम एउटा मौका लिने सम्भावना देखिएको छ ।

रियलसँग हामेसको सम्झौता सन् २०२१ को जुन सम्म रहेको छ । त्यसपछिको सम्झौताका लागि टोली तयार नरहेको बताइएको छ । सरुवा बजार खुल्दा मिडफिल्डर हामेसलाई विक्री गरेर रियल केहि पैसा कमाउन चाहन्छ । तर, यदि त्यो सम्भव भएन भने उनी अर्को सिजन फ्रि ट्रान्सफरमा रहेनेछन् ।

गत सिजनको समर पनि जिनेदिन जिदानको टोली उनलाई विक्री गर्न असफल भएको थियो । उनी यो सिजन टोलीमै छन् । यद्यपी हामेसले टोलीमा स्थान भने बनाउन सकेका छैनन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.