default_image

4 years ago

April 27, 2020

अर्को महिनाबाट प्रशिक्षण सुरु हुने सम्भावना

एजेन्सी– कोरोना भाइरस कोभिड १९ को अत्यन्तै प्रभावित मुलुकहरुमा इटाली एक हो । जसका कारण इटाली लामो समयदेखि लकडाउन लागु छ । कोरोनाकै कारण इटालियन सिरिए लगायत सबै खेल गतिविधि ठप्प छन् । अब विस्तारै भने इटालीमा लकडाउन खुकुलो हुने अवस्था सृजना भएको बताइएको छ । इटालीका प्रधानमन्त्री जिसेपे कोन्टले लकडाउन केहि सहज हुने घोषणा […]

35 views

0 Bookmark

एजेन्सी– कोरोना भाइरस कोभिड १९ को अत्यन्तै प्रभावित मुलुकहरुमा इटाली एक हो । जसका कारण इटाली लामो समयदेखि लकडाउन लागु छ । कोरोनाकै कारण इटालियन सिरिए लगायत सबै खेल गतिविधि ठप्प छन् ।

अब विस्तारै भने इटालीमा लकडाउन खुकुलो हुने अवस्था सृजना भएको बताइएको छ । इटालीका प्रधानमन्त्री जिसेपे कोन्टले लकडाउन केहि सहज हुने घोषणा गरेका थिए । उनले मे ४ बाट लागु हुने गरि लकडाउनलाई सहज बनाउन लागिएको बताएका हुन् ।

‘उनले क्लबहरुले मे १८ बाट प्रशिक्षण सुरु गर्न सक्ने उल्लेख गरेका छन् । मलाई फुटबल मन पर्छ । सिरिए सुरु हुनेपर्छ भन्नेमा हामी छौं’, उनले भने, ‘पहिला प्रशिक्षण सुरु हुनेछ । त्यसपछि परिस्थिति हेरेर प्रतिस्पर्धा सुरु गर्न सकिन्छ ।’

युभेन्टसका केहि खेलाडीमा कोरोना संक्रमण देखिएपछि लिग बन्द गरिएको थियो । ड्यानिएल रुगानी, पाउलो डिबाला र ब्लेस मातुइडी सबै ठिक भएका छन् । साम्पडोरियाका केहि खेलाडी पनि संक्रमित भएका थिए ।

आइतबार कोरोनाका कारण इटालीमा २ सय ६० जनाको मृत्यु भएको थियो । मार्च यता मृत्यु हुनेको त्यो सबै भन्दा कम संख्या हो । इटालीमा झन्डै २ लाख संक्रमित छन् भने २६ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

April 30, 2024

स्वीकृति नलिएका १५ जनालाई इङ्ल्यान्ड जान रोकिने

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् । इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली […]

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

Success

Thank you for your time.