default_image

4 years ago

April 28, 2020

बार्सिलोनाले कौटिन्हो र डेम्बेले नराख्ने

49 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कीर्तिमानी रकममा अनुबन्ध गरेका खेलाडीद्धय ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो र फ्रेन्च फरवार्ड औसमाने डेम्वेले बेच्ने निर्णय गरेको छ ।

बार्सिलोनाले सन् २०१८ मा कौटिन्हो र डेम्वेलेलाई २६७ मिलियन पाउन्ड खर्चिएको थियो । तर, यि दुई खेलाडीले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा बार्सिलोना दुई खेलाडीलाई नै बेच्ने मनासयमा पुगेको हो । बार्सिलोनाले कौटिन्होलाई इंग्लिस क्लब लिभरपुलबाट १४२ मिलियन पाउन्ड तथा डेम्वेलेलाई १२४.५ मिलियन पाउन्डमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट अनुबन्ध गरेको थियो । कौटिन्हो र डेम्वेले नै शीर्ष पाँच महँगो स्थानान्तरण हो ।

कौटिन्हो अहिले लोनमा जर्मन क्लब बायर्न म्युनिखमा रहेका छन् । डेम्वेले बार्सिलोनामै रहेपनि लगातार चोटसँग जुधिरहेका छन् । दुवै खेलाडीबाट बार्सिलोनाले फाइदा उठाउन सकेको छैन । दि टेलिग्राफका अनुसार समर ट्रान्सफर विन्डो खुल्ने बित्तिकै बार्सिलोनाले यि दुई खेलाडीलाई युरोपका अन्य चर्चित क्लबहरुमा बेच्न इच्छुक रहेको उल्लेख गरेका छन् । बार्सिलोनाले यि दुई खेलाडीलाई कोरोना कारण आर्थिक मन्दीले प्रभाव नपार्ने च्याम्पियन्स लिग खेल्ने क्लबमा बेच्न चाहेको छ ।

यस्तै बार्सिलोनाले युभेन्टसका मिडफिल्डर मिरालेम प्यानिचलाई अनुबन्ध गर्दै ब्राजिली आर्थर मेलोपनि बेच्ने तयारी गरेको छ । यस्तै नेल्सन सेमेडोको स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फुलब्याक जोओ क्यान्सिलोलाई अनुबन्ध गर्ने तयारी गरिरहेको रिपोर्टमा उल्लेख छ ।

यस्तै बार्सिलोनाले इभान राकिटिकलाई सेभिल्लामा पठाउने तयारी गरि रहेपनि उनी इंग्लिस क्लब टोटेनहमसँग नजिकिएका छन् । लिभरपुलका पुर्व मिडफिल्डर कौटिन्हो इंग्लिस क्लब चेल्सीसँग नजिकिएका छन् । डेम्वेलेलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले चासो देखाइरहेको छ ।

तर, डेम्वेलेको लगातारको चोटका उनीहरु केही सतर्क देखिएका छन् । बार्सिलोनाका अध्यक्षका दावेदार उम्मेदवार भिक्टर फन्टले क्लबको बोर्ड मिटिङमा क्लबको आर्थिक अवस्था र नैतिक क्षयबारे चिन्ता व्यक्त गर्दै क्लबले आउदो समरमा खेलाडी अनुबन्ध र स्थानान्तरणमा महत्वाकाङ्क्षी योजनाहरु अघि सारेका छन् ।

यसमा ब्राजिली स्टार नेयमार पुनः अनुबन्ध र अर्जेन्टिनी लोउटारो मार्टिनेज अनुबन्धको योजना समेत रहेको छ । यि दुई फरवार्ड अनुबन्ध गर्न बार्सिलोनाले केही खेलाडीलाई साटासाट पनि समावेश हुनेछन् ।

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि सोमबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

Success

Thank you for your time.