default_image

4 years ago

May 1, 2020

ग्यालाक्टिकोस २.० अर्थात रियलको ‘ड्रिम लाइनअप’

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गत सोमबार सामाजिक सन्जाल इन्स्टाग्राममा क्रिस्टियानो रोनाल्डो र ग्यारेथबेलसँगैको आफ्नो तस्वीर पोस्ट गरे । ‘लेजेन्डरी बीबीसी’ क्याप्सनको साथ । हुन पनि बीबीसीको यो जोडीले त्यतिबेला रियलमा तहल्का नै मच्चाएको थियो । अहिले टोलीमा ‘बीबी’ रहेपनि ‘सी’ छैनन् । रोनाल्डो २०१८ मा इटालियन महारथी युभेन्टसमा पुगे […]

42 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गत सोमबार सामाजिक सन्जाल इन्स्टाग्राममा क्रिस्टियानो रोनाल्डो र ग्यारेथबेलसँगैको आफ्नो तस्वीर पोस्ट गरे । ‘लेजेन्डरी बीबीसी’ क्याप्सनको साथ ।

हुन पनि बीबीसीको यो जोडीले त्यतिबेला रियलमा तहल्का नै मच्चाएको थियो । अहिले टोलीमा ‘बीबी’ रहेपनि ‘सी’ छैनन् । रोनाल्डो २०१८ मा इटालियन महारथी युभेन्टसमा पुगे । रोनाल्डो युभेन्टस पुगेलगत्तै रियलमा दुई ‘बीबी’ को केही चलेन । रोनाल्डोविना टोलीको प्रदर्शन खस्किन थाल्यो ।

क्लबका समर्थकहरुले त्यही ‘बीबीसी’ कै जस्तो अग्रपङ्तिको चाहना गरिरहेका छन् । त्यसैले रियलले अहिले रोनाल्डोसँगै बेल र बेन्जेमाको विकल्प खोजिरहेको छ । दुई सिजन बित्न लाग्दा समेत रियलले रोनाल्डो जतिकै प्रभावशाली खेलाडी भित्र्याउन सकेको छैन । तर, आउँदो सिजन रियलले ठुलो महत्त्वकांक्षी योजना अघि सारेको छ ।

रियलमा अहिले आशा गरिएका युवा खेलाडीहरुको बाहुल्यता छ । यसबीचमा पनि रियलले केलियन एमबाप्पे, पल पोग्बा र ह्यारी केनलाई रियलको प्रख्यात सेतो जर्सीमा उतार्ने तयारी पनि भइरहेको छ । यो सम्भव भए रियलको सबै पक्ष निकै चुस्त हुने अनुमान गरिएको छ । बोर्डले युवा खेलाडीलाई विश्वास गरिरहँदा प्रशंसकहरु ‘ग्यालाक्टिकोस’ सरुवा बजार चाहन्छन् । खेलाडीका रुपमा ग्यालाक्टिकोसको हिस्सा बनेका जिदान अब प्रशिक्षकका रुपमा आफ्नो ड्रिम लाइनअपको नेतृत्व गर्न चाहन्छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानको प्राथमिकतामा अहिले फ्रेन्च खेलाडीद्वय पल पोग्वा र एमबाप्पेसँगै इंग्ल्यान्डका केन छन् । त्यसबाहेक हालान्ड जस्ता युवा खेलाडी जिदानको नजरमा छ । जिदान आफ्नो योजनामा सफल भए रियलको ‘ड्रिम लाइनअप’ कस्तो बन्ने छ त ? यहाँ देखाउने प्रयास गरिएको छ ।

फरवार्ड लाइन

अहिले – भिनिसियस, बेन्जेमा र इस्को

चोटग्रस्त इडेन हजार्डको स्थानमा खेलिरहेका ब्राजिली युवा प्रतिभा भिनिसियस जुनियरले रियलको पहिलो रोजाईमा आफुलाई अभ्यस्त बनाउदै गइरहेका छन् । इस्को जिदानको रोजाईमा पर्दा आशा गरिएका युवा फरवार्ड लुका जोभिकले करिम बेन्जेमालाई उछिन्न सकेनन् ।

ड्रिम लाइनअप – एमबाप्पे, केन र हजार्ड

यो अग्रपङ्तिमा हजार्डबाहेक दुवै खेलाडी एमबाप्पे र केन अहिले टोलीसँग छैनन् । रियलले एमबाप्पे अनुबन्ध गर्ने कुरा लुकाएको छैन । ह्यारी केन अनुबन्ध फ्लोरेन्टिनो पेरेजको क्लबको लागि मुख्य समस्या हुनेछ । हाजार्डले दुई नयाँ खेलाडी अनुबन्ध भएको अवस्थामा उत्कृष्ट संयोजन गर्न सक्नुपर्दछ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अहिले नै एमबाप्पे छाड्ने पक्षमा छैन । पीएसजीमा एमबाप्पेको सम्झौता २०२२ सम्म छ । म्याड्रिडको सबैभन्दा राम्रो मौका भनेको २०२२ सम्म पर्खनु हो । केनको मुल्य २०० मिलियन पाउन्ड भन्दा बढी रहेको छ । जसका कारण रियललाई केही असहज हुने छ ।

हुन सक्ने – हजार्ड, हालान्ड र बेन्जेमा

बेल्जियन स्टार इडेन हजार्ड दोस्रो सिजन रियलमा रहने नै छन् । पहिलो सिजन चोटका कारण अधिकांश खेल गुमाएका हजार्ड आउदो सिजन शुरु हुनुअघि फिट हुनेछ । रियलले आउँदो समरमा नर्वेली तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार आर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्न सक्नेछ ।

रियलले मोटो रकमका एमबाप्पे र ह्यारी केनको साटो केही कम मुल्यमामा हालान्डलाई अुनबन्ध गर्न सहज हुनेछ । हालान्डको मुल्य ६५ मिलियन पाउन्ड रहेको छ । बेन्जेमा रियलको सदावहार खेलाडी हो । सम्भवत बेन्जेमाको लागि अर्काे सिजन रियलमा अन्तिम सिजन हुन सक्नेछ । रियलले अर्काे सिजनमा एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बनाएको छ ।

मिडफिल्ड

अहिले – भाल्भेर्डे, क्यासमिरो र क्रुस

क्रोएसियाका लुका मोड्रिचले यो सिजन रियलमा उल्लेख्य प्रदर्शन गर्न नसक्दा टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन् । उनको स्थानमा मौका पाएका उरुग्वेका फेडरिको भाल्भेर्डेले उच्च प्रदर्शन गरिरहेका छन् । उनी अर्काे सिजन पनि रियलको रोजाईमा हुन सक्नेछन् । ब्राजिलियन क्यासमिरोले रियलमा आफ्नो प्रभाव जमाइरहेका छन् । जर्मनीका टोनी क्रुस पछिल्लो समय जिदानको मन जित्न सफल भएका छन् ।

ड्रिम लाइनअप – भाल्भेर्डे, क्यासमिरो र पोग्बा

यो प्रशिक्षक जिदानको सपना हो । क्लब बोर्डको होइन । जिदानले भाल्भेर्डे र क्यासमिरोका पार्टनरका लागि अझैपनि फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका २७ वर्षे पल पोग्बालाई अनुबन्ध गर्ने योजना बनाइरहेका छन् । तर, क्लब पोग्बाको तुलनामा रियल सोसिडाडमा लोनमा खेलिरहेका २१ वर्षे मार्टिन ओडेगार्डलाई फर्काउने योजनामा छ । ओडेगार्डले सोसिडाडमा उच्च प्रदर्शन गरिरहेका छन् ।  पोग्बा अनुबन्धमा अध्यक्ष पेरेज र प्रशिक्षक जिदानबीच टकराव हुनेछ ।

हुन सक्ने – भाल्भेर्डे, क्यासमिरो र ओडेगार्ड/क्रुस

पोग्बाको मुल्य कम भएको अवस्था र ग्यारेथ बेलले क्लब छाडेको अवस्थामा मात्रै पोग्बा रियलमा अनुबन्ध हुन सम्भावना छ । तर, क्लबका अध्यक्ष पेरेज युवा खेलाडी ओडेगार्डलाई फिर्ता ल्याउने योजनामा छन् ।

गोलरक्षक र डिफेन्स

अहिले – कोर्टुवा, कार्भाहल, रामोस, भराने र मेन्डी

इंग्लिस क्लब चेल्सीबाट मोटो रकममा अनुबन्ध भएका बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले सुरुवाती सिजनमा कमजोर प्रदर्शन गरेपनि अहिले कोर्टुवा आफ्नो पुरानो लयमा देखिएका छन्  । फरल्यान्ड मेन्डीले रियलमा डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएका छन् । ड्यानियल कार्भाहल र कप्तान सर्जियो रामोसले पनि आफ्नो लय गुमाएका छैनन् ।

ड्रिम लाइनअप – कोर्टुवा, अचरफ, रामोस, भराने र मेन्डी

यदि रियल म्याड्रिड आफ्नो रकम बचत गर्ने हो भने त्यो डिफेन्स लाइनबाट पनि हुन सक्नेछ । लोनमा जर्मन क्लब बोरुसिया डर्टमन्डमा उत्कृष्ट प्रदर्शन गरिरहेका अचरफ हाकिमी नयाँ सिजनसँगै क्लमा फर्कने छ । उनको आगमनले कार्भाहल पछि पर्ने देखिन्छ ।

हुन सक्ने – कोर्टुवा, अचरफ, रामोस/डेओट, भराने र मेन्डी

कप्तान सर्जियो रामोसको लागि आउँदो सिजन निकै चाख लाग्दो हुनेछ । रामोसको सम्झौता २०२१ सम्म रहेको छ । रामोसले अझै दुई वर्षको सम्झौताको लागि प्रस्ताव गरेपनि रियलले जवाफ फर्काएको छैन । उमेर हदका कारण रामोसको सम्झौत नवीकरण हुने हवस्था कठिन छ ।

रामोसको स्थानमा रियलले फ्रान्स तथा जर्मन क्लब आरबी लाइप्जिगका डेओट उपामिकानोलाई ल्याउने सक्नेछ । अचरफ, भराने र मेन्डी टोलीसँगै हुनेछ । लेफ्ट ब्याक मार्सेलोले पछिल्लो समय पहिलो रोजाईमा पर्न संघर्षरत छ । उनले आउदो सिजनसँगै क्लब छोड्न सक्नेछन् ।

बेन्च

अहिले – जोभिक, मोड्रिच र बेल

लुका जोभिक रियलले यसै सिजन अनुबन्ध गरेका ठुला नाम हुन् । तर, उनले सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । मोड्रिच र ग्यारेथ बेलले पनि पहिलो रोजाईमा कमै मौका पाएका छन् । उनीहरुले बेन्चबाट आएर प्रभाव जमाउन सक्नेछ ।

ड्रिम लाइनअप – भिनिसियस, कामाभिंगा र रोड्रिगो

ब्राजिली युवा खेलाडीद्धय भिनिसियस जुनियर र रोड्रिगोको तालमेल अर्का ब्राजिली क्यासमिरोसँग मिलेको पाइन्छ । उनीहरुले सब्सिच्युट खेलाडीको रुपमा आएर प्रभाव जमाउन सक्नेछ । यि दुई खेलाडीले पहिलो रोजाईमा खेल्दै आफ्नो छाप छोडिसकेका छन् । रियलले निकै नै प्रतिभाशाली १७ वर्षीय इडुआर्डाे कामाभिंगालाई पनि केहि समय वैकल्पिक खेलाडीको रुपमा प्रयोग गर्न सक्नेछ ।

हुन सक्ने – भिनिसियस, कामाभिंगा र मोड्रिच

भिनिसियस जुनियर रियलको बेन्च टोलीमै हुने देखिन्छ । स्टार मिडफिल्डर लुका मोड्रिचले रियलमा सम्भवत अन्तिम सिजन खेल्नेछन् । कामाभिंगा पनि रियलको बेच्नमा रहँदा रियलले रोड्रिगोलाई लोनमा पठाउन सक्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.