default_image

4 years ago

May 2, 2020

१५ वर्षअघि मेस्सीको त्यो गोल

एजेन्सी – लाखौं दर्शकका बीच लियोनल मेस्सी पहिलो पटक ठूलो स्क्रिनमा देखिएका थिए । त्यो महत्त्वपूर्ण गोलका कारण मेस्सीलाई ठूलो स्क्रिनमा  देखाईको थियो । त्यो अल्बासेटविरुद्धको गोल थियो । ठिक १५ वर्ष अघि । २००५ मे १ मा मेस्सीले त्यो गोल गरेका थिए । त्यति बेला मेस्सी १७ वर्षका थिए । युवा ती खेलाडीका बारेमा […]

61 views

0 Bookmark

एजेन्सी – लाखौं दर्शकका बीच लियोनल मेस्सी पहिलो पटक ठूलो स्क्रिनमा देखिएका थिए । त्यो महत्त्वपूर्ण गोलका कारण मेस्सीलाई ठूलो स्क्रिनमा  देखाईको थियो । त्यो अल्बासेटविरुद्धको गोल थियो । ठिक १५ वर्ष अघि । २००५ मे १ मा मेस्सीले त्यो गोल गरेका थिए ।

त्यति बेला मेस्सी १७ वर्षका थिए । युवा ती खेलाडीका बारेमा सबैले थाहा पाउन थालिसकेको थिए । उनले बार्सिलोनाका लागि जे पनि गर्न सक्छन् भन्ने चर्चा थियो । यो डेढ दशकको यात्रामा उनी विश्वका सर्वकालिन महान खेलाडी हुन सक्छन् भन्ने विषयमा चर्चा सुरु भएको छ । अहिले उनकै बारेमा चर्चा हुन्छ ।

मेस्सीका बारेमा अनुमान गरे जस्तै उनी क्लबको एउटा हिस्सा बनेका छन् । टोलीका अधिकांश सफलतामा उनकै भूमिका महत्त्वपूर्ण रहने गरेको छ । त्यो पहिलो दिन अल्बासेटविरुद्ध पनि उनले त्यस्तै प्रभाव जमाएका थिए । ३० नम्बर जर्सी बाट बार्सिलोनाको माथिल्लो क्लबको यात्रा सुरु गरेका मेस्सी  अहिले टोलीको १० नम्बर जर्सीका खेलाडी हुन् । अर्जेन्टिनी युवा खेलाडी ८७ औं मिनेटमा सामुइल इटोको ठाँउमा प्रवेश गरेका थिए ।

बार्सिलोनाका तत्कालिन प्रशिक्षक फ्रान्क रायकार्डले क्यामरुनी फरवार्डको ठाँउमा मेस्सीलाई मैदान पठाएका थिए । त्यति बेला सर्वाधिक गोलकर्तालाई दिइने पिचिची ट्रफीको दौडमा रहेका इटो प्रशिक्षकले परिवर्तन गर्दा रिसाएका थिए । तर खेलको ९० औं मिनेटमा मेस्सीले गोल गरे । उनले रोनाल्डिन्होको पासमा गोलरक्षकलाई चिप गर्दै जित पक्का गरेका थिए । त्यो गोलले टोली घरेलु उपाधिको नजिक पुगेको थियो । लिगमा गोलको खाता खोलेका मेस्सीले त्यसयता सयौं गोल गरेका छन् ।

त्यो गोल बार्सिलोनाको इतिहासमा मात्र होइन, राष्ट्रिय फिल्म लाइब्रेरीमा पनि सधैभरका लागि राखिएको छ । संयोगवश त्यहि खेलमा अल्बर्ट एस्पिनोजाले ‘योर लाइफ इन ६५ मिनेट्स‘ अर्थात् ‘६५ मिनेटमा तपाईंको जिन्दगि’ नामक फिल्मका लागि क्याम्प नोउमा सुट गरिरहेका थिए । कमैले आँकलन गरेका थिए की यो त्यहि खेल हुनेछ जसमा क्लबका सर्वकालीन महान खेलाडीले गोलको खाता खोल्नेछन् ।

मेस्सीले त्यो दिन गरेको प्रदर्शनको भिडियो :

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.