default_image

4 years ago

May 2, 2020

मेस्सीले बार्सिलोना छाड्ने छैनन्

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले कप्तान लियोनेल मेस्सी र बार्सिलोना सधै एकजुटमा रहेको बताउदै मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्ने बताएका छन् ।  पछिल्लो समय मेस्सी र क्लब बोर्डबीच सम्वन्ध चिसिएको समाचार सञ्चार माध्यममा छाएको थियो । तर, क्लबका प्रशिक्षक सेटिनले मेस्सी र क्लब सँधै एकजुटमा रहेको र मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्नेमा […]

39 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले कप्तान लियोनेल मेस्सी र बार्सिलोना सधै एकजुटमा रहेको बताउदै मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्ने बताएका छन् । 

पछिल्लो समय मेस्सी र क्लब बोर्डबीच सम्वन्ध चिसिएको समाचार सञ्चार माध्यममा छाएको थियो । तर, क्लबका प्रशिक्षक सेटिनले मेस्सी र क्लब सँधै एकजुटमा रहेको र मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्नेमा विश्वस्त रहेको बताएका हुन् । उनले मेस्सी इटालियन क्लब इन्टर मिलान जाने हल्ला मात्रै रहेको सेमत थपेका छन् ।

मेस्सीको सम्झौता अर्काे समरसम्म रहेको छ । तर, मेस्सी र क्लबबीच सम्झौताको विषयमा निर्णय हुन सकेको छैन । यस्तो अवस्थामा इन्टर मिलानले मेस्सीलाई सनसनीपुर्ण रुपमा अनुबन्ध गर्ने योजना बनाएको थियो । तर, प्रशिक्षक सेटिनले मेस्सीको भविष्य बार्सिलोनामै रहेको र उनी क्लबमै रहने बताएका हुन् ।

‘मेस्सीले बार्सिलोना छोड्नेछ ? होइन, यो हुदैन । मेस्सी र बार्सिलोना सँधै एकजुट हुनेछन् ।’ सेटिनले ला गज्जेता डेल्लो स्पोर्ट्सलाई भने, ‘यो त्यस्तै हो । मेस्सी विगत २० वर्षदेखि बार्सिलोनामा छन् । मेस्सीले बार्सिलोना छाड्ने व्याख्या गर्न सक्दैनन् ।’ क्लबका अध्यक्ष जोसेप मारिया बार्टाेमेउसँग उनले क्लबका पदाधिकारीहरुको पारिश्रमिक कटौतीमा साथ दिएका छन् ।

मेस्सीका अर्जेन्टिनी सहयात्री तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोले बार्सिलोनाको बोर्डसँग सम्वन्ध राम्रो नभएपनि मेस्सी बार्सिलोनामै रहने बताएका थिए । कोभिड १९ को प्रभाव आउनुअघि मेस्सीले यो सिजन क्लबलका लागि २४ गोल र १६ असिस्ट दिएका छन् ।

क्लब पछिल्लो समय मेस्सीको सम्झौता नवीकरणसँगै अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज र ब्राजिली नेयमार अनुबन्ध गर्ने गृहकार्यमा रहेको छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.