default_image

4 years ago

May 3, 2020

मार्सेलो रियलमै खुसी

एजेन्सी – ब्राजिली स्टार लेफ्ट ब्याक मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने कुनै योजना नरहेको बताएका छन् । रियलका भेट्रान मार्सेलो पछिल्लो समय आफ्नो पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो रहेको इटालियन क्लब युभेन्टस जान सक्ने चर्चा चलेको थियो । विश्वका उत्कृष्ट लेफ्ट ब्याकमध्येको एक मार्सेलोले रियलमा हाल सबैभन्दा लामो समय क्लबमा रहने दोस्रो खेलाडी हुन् । […]

44 views

0 Bookmark

एजेन्सी – ब्राजिली स्टार लेफ्ट ब्याक मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने कुनै योजना नरहेको बताएका छन् । रियलका भेट्रान मार्सेलो पछिल्लो समय आफ्नो पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो रहेको इटालियन क्लब युभेन्टस जान सक्ने चर्चा चलेको थियो ।

विश्वका उत्कृष्ट लेफ्ट ब्याकमध्येको एक मार्सेलोले रियलमा हाल सबैभन्दा लामो समय क्लबमा रहने दोस्रो खेलाडी हुन् । उनीभन्दा अघि क्लबका हालका कप्तान सर्जियो रामोस मात्रै रहेका छन् । मार्सेलोले रियलमा १३ वर्ष बिताइसकेका छन् । मार्सेलो २००७ मा ब्राजिली क्लब फ्लुमिनेन्सबाट ५ मिलियन पाउन्डमा रियलका आएका थिए । त्यसयता, मार्सेलो रियललको महत्वपुर्ण खेलाडीको रुपमा रहँदै आएका छन् ।

‘मैले दुई वर्ष अघि नै सुनेको थिए कि मार्सेलो रोनाल्डोलाई पछ्याउँदै युभेन्टस पुग्नेछन् । त्यसमा मार्सेलो राजी भइसकेको छ,’ मार्सेलोले इटलीका आइकन फावियो कानाभारोको इन्स्टाग्राम लाइभमा भने, ‘यि अफवाहहरु बनाउँदा मानिसहरु रमाउछन् । म क्लब छोड्ने मनासयमा छैन । यो कुरामा म विश्वास पनि गर्दिन र रियलले पनि मलाई कतै जान दिने छैन । म अझै म्याड्रिडमा एकदमै खुसी छु ।’

मार्सेलोले रियलमा अझै धेरै गर्न बाँकी रहेको बताएका छन् । मार्सेलोले रियलमा १३ वर्षको बसाईमा समान चार च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, फिफा क्लब विश्वकप र सुपर कोपा जितेका छन् । तीनपटक युइएफए सुपर कप र दुई पटक कोपा डेल रे जितेका छन् ।

३१ वर्षीय मार्सेलोले रियलमै रहने बताएपनि उनले अब रियलको पहिलो रोजाईमा पर्न फरल्यान्ड मेन्डीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसै समरमा फ्रेन्च क्लब लियोनबाट आएका मेन्डीले निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मार्सेलोले यो सिजन चोटसँग जुध्नुपर्दा २४ वर्षीय मेन्डीले अवसर पाएका थिए । उनले प्रशिक्षक जिदानको मन जितिरहेका छन् ।

कोभिड १९ का कारण स्पेनिस ला लिगासहित विश्वको खेलकुद गतिविध ठप्प छन् । रोकिएको लिग शुरु हुने या नहुने अन्योलता रहेपनि मार्सेलोले रोकिएको सिजन शुरु भएर सकिनेमा विश्वस्त रहेको बताएका छन् । रियल ला लिगामा दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.