5 years ago
May 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दायाँ आँखामा गम्भीर चोट लागेकी उदयपुर बेलका नगरपालिका यु–१६ महिला फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ ।
एन्फाका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राई आइतबार समिक्षाको उपचार भइरहेको विराटनगरस्थित आँखा अस्पतालमा पुगेर उनको उपचारमा लाग्ने सबै खर्च एन्फाले बेहोर्ने बताएको हुन् । प्रवक्ता राईले समिक्षाको आर्थिक अवस्था कमजोर रहेको र सुरुवातमा समस्या नहोस् भनेर नै एन्फाले प्रारम्भिक चरणमा २५ हजार रुपैया सहयोग गरिएको बताउदै उनको उपचारमा लाग्ने सबै खर्च एन्फाले नै बेहोर्ने बताएको हो ।
‘केही साथीहरुमा समिक्षाको उपचारमा एन्फाले २५ हजार मात्रै सहयोग भन्ने भ्रम परेको छ । त्यस्तो होइन, समिक्षाको उपचारको सम्पुर्ण खर्च एन्फाले बेहोर्नेछ ’ प्रवक्ता राईले भने, ‘हामीले प्रारम्भमा खर्च चलाउन रकम उपलब्ध गराएको हो । यो अन्य खेलाडीमा गराएको थिएन । समिक्षामा नै पहिलोपटक गरिएको हो । उनको परिवारलाई ढुक्क हुन आग्रह र शिघ्र स्वाथ्यलाभको कामना गर्दछु ।’
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समिक्षाको उपचारको लासग व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ सहयोग गर्दै महानगरपालिकाले जुनसुकै सहयोग गर्ने र केही कमजोरी नहुने बताएका छन् । प्रशिक्षक भगवती राना मगरले चिकित्सकका अनुसार समिक्षाको आँखाको दृष्टि फर्कन नसक्ने बताएका छन् ।
प्रशिक्षक रानाले अहिले समिक्षाको आँखाको घाँउको इन्फेक्सनलाई कम गर्ने प्रयास भइरहेको र त्यसपछि अप्रेसनमा लगिने थपिन् । तयारी भइरहेको छ । समिक्षाको गत बैशाख १२ मा उदयपुरस्थित घरको बारीमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो । उनले विद्यालयस्तरीय क्विक्स कप खेलेकी थिइन् ।
समिक्षाको उपचारको लागि एन्फासँगै विराट सांग्रिला स्पोर्टिङ क्लबले समान २५ हजार, नेपाली महिला राष्ट्रिय फुटबल टोली र महिला विभाग प्रमुख तथा महिला राष्ट्रिय फुटबल टोलीका पुर्व प्रशिक्षक हरि खड्का र अफिसियलले संयुक्त रुपमा ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । पुरुष फुटबल टोली, पुरुष साग यु–२३ टोली र ‘ए’ डिभजन क्लब मनाङ–मस्र्याङ्दी क्लबले समिक्षाको उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।
शनिबार र नेपाली राष्ट्रिय महिला टोलीले समिक्षालाई ५० हजार रुपैया सहयोग गर्ने घोषणा गरेको हो । यस्तै नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले ३० हजार रुपैया र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्न सफल नेपाली यु–२३ पुरुष टिमले १० हजार रुपैया, ‘ए’ डिभिजन क्लब नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबले ३० हजार रुपैया तथा फुटबल खेलाडी अनिता श्रेष्ठले २६ हजार रुपैया सहयोग गरेका छन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]